संसदीय समिति बैठक : सहकारीको समस्याबारे दलहरूसँग लिखित सुझाव मागिने « Khabarhub

संसदीय समिति बैठक : सहकारीको समस्याबारे दलहरूसँग लिखित सुझाव मागिने


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सातौँ बैठक सकिएको छ । 

मंगलबार बसेको बैठकमा राष्ट्रिय सहकारी महासङ्घकी अध्यक्ष ओमदेवी मल्ल र महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाहाङसँग सुझाव लिएको छ । 

यस्तै, महासंघका पूर्वअध्यक्षहरू मीनराज कँडेल, डीबी बस्नेत, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र सीआईओ बद्री गुरागाईँ छलफल गरिएको हो । 

छनबिन समितिका संयोजक सूर्य थापाका अनुसार उनीहरूले सहकारीसम्बन्धी आ-आफ्नो क्षेत्रका महत्त्वपूर्ण धारणा राखेका छन् । 

उनीहरूले हाल देखा परेको संकट र २९ वटा सहकारी क्षेत्रको समस्या समाधानबारे महत्त्वपूर्ण सुझावसमेत उपलब्ध गराएको थापाले बताएका छन् । 

यस्तै बैठकले सहकारी क्षेत्रको बचत अपचलन, ठगी र बचत फिर्ताबारे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई सुझावहरू लिखित रूपमा उपलब्ध गराउनसमेत पत्राचार गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : ०७ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण