मोदीले आफ्नै कार्यालयमा स्वागत गरे भारतीय क्रिकेट टोलीलाई « Khabarhub

मोदीले आफ्नै कार्यालयमा स्वागत गरे भारतीय क्रिकेट टोलीलाई


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टी– २० विश्वकपको उपाधि जितेको भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ ।

वेस्ट इन्डिजको बारबाडोसबाट बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय क्रिकेट टिमलाई प्रधानमन्त्री मोदीले आफ्नै निवासमा लन्च भेट गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आजै भारतीय टिम चार्टड उडानबाट मुम्बई पुग्ने छ । मुम्बईमा आजै क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । सो अवसरमा यस अघि बोर्डले घोषणा गरेको १२५ करोड रकम समेत हस्तान्तरण गरिने शुक्लाले बताएका छन् ।

नियमित उडान रद्ध भएपछि भारतीय क्रिकेट बोर्डले विशेष विमान व्यवस्था गरेर खेलाडी, अफिसियल र पत्रकारहरूलाई बारबाडोसबाट सिधै दिल्ली ल्याएको थियो ।

यस अघि भारतीय टिम बारबाडोसदेखि न्युयोर्क-दुबई हुँदै भारत आउने तालिका रहेको थियो ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  २ : ५० बजे

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

काभ्रेपलाञ्चोक – बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको

भक्तपुरमा आज इन्द्र जात्रा : इन्द्रायणीलाई खट जात्रामार्फत घुमाइँदै

भक्तपुर – भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।