गौतमबुद्ध क्रिकेट रंगशाला बन्ने निश्चित, ठेकेदार कम्पनीसँग महानगरको सम्झौता | Khabarhub Khabarhub

गौतमबुद्ध क्रिकेट रंगशाला बन्ने निश्चित, ठेकेदार कम्पनीसँग महानगरको सम्झौता


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

चितवन- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र ठेकेदार कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ ।

आइतबार महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्र महानगर प्रमुख रेनु दाहाल र कम्पनीका विकास गौतमले आदान–प्रदान गरे ।

त्यस क्रममा प्रमुख दाहालले समयमै निर्माणको काम सक्न निर्माण कम्पनीलाई आग्रह गरिन् ।

सम्झौता पत्र आदानप्रदान कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पौडेल, वरिष्ठ इन्जिनियर सन्तोष आचार्य उपस्थित थिए ।

सम्झौता पत्रमा २०८३ पुस २२ गतेभित्रमा निर्माण सक्ने उल्लेख छ । रंगशाला निर्माणको लागत भ्याट र पीएससहित ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ छ ।

रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाइने छ ।

एउटामा भीआईपी कक्षा र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । धुर्मुस–सुन्तली फाण्डेशनले निर्माण रोक्नुअघि ५ हजार क्षमताको प्याराफिट निर्माण भइसकेको छ ।

महानगरले रंगशाला निर्माणका लागि दोस्रो पटक बोलपत्र आह्वान गर्दा १२ वटा कम्पनीले दाबी पेश गरेका थिए । जसमा हिमालयन कालिञ्चोक-बीबीआर जेभी छनोट भएको हो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ७ : ४६ बजे

बाढीपहिरोको दुई महिना : सुरक्षित बासस्थानको माग गर्दै पीडित

काभ्रेपलाञ्चोक – बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनःनिर्माण र आवासको

महानगरका सहकारी : समस्या विकराल, समाधान अनिश्चित

काठमाडौं – पछिल्लो समय नेपालका सहकारी समस्यामा पर्ने क्रम जारी

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘करपुरेश्वर उद्यान’

लमजुङ – लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित करपुरेश्वर पार्क पर्यटकको नयाँ

लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षामा जोड दिनुपर्छ : डिल्लीराम थारू

काठमाडौं – मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष डिल्लीराम

उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय, दुई सञ्चालकको असहमति

काठमाडौं – नेपाल विद्युत प्राधिकरण बोर्ड बैठकले डेडिकेटेड फिडर र