संसदीय समितिले सहकारी पीडितहरूलाई सिंहदरबार बोलायो « Khabarhub

संसदीय समितिले सहकारी पीडितहरूलाई सिंहदरबार बोलायो


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले अब पीडितहरूसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याबारे पीडितहरूसँग छलफल गर्ने निर्णय गरेएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरूसँग बुधबारको सिंहदरबारमा हुने बैठकमा छलफल गरिने उनले बताएका छन् ।

सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र तथ्य प्रमाणसम्म पुग्न  पीडितहरूको सुझाव महत्वपूर्ण हुने थापाले बताए ।

त्यस्तै मंगलबार सहकारी विभागका पूर्व रजिष्टारदेखि बहालववाला रजिष्टारसँग पनि बैठकले सामूहिक छलफल गरेको थियो ।

छलफलका क्रममा सहकारी कर्जा सूचना केन्द्र नहुनु, बचत र ऋणको सीमा नराख्नुले पनि सहकारी समस्या भएको भनाइ आएको समिति संयोजक थापाले बताएका छन् ।

त्यस्तै ऐन-नियम अभावमा सहकारी क्षेत्रको नियमनमा राज्यबाटै बेवास्ता हुँदा बचतकर्ताहरूको रकम अपचलन भएको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ५ : ३९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना