ठेकेदारले पाएनन् सरकारबाट अर्बौं भुक्तानी, निर्णायक संघर्षको चेतावनी  « Khabarhub

ठेकेदारले पाएनन् सरकारबाट अर्बौं भुक्तानी, निर्णायक संघर्षको चेतावनी 


२७ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म पनि भुक्तानी नभए सरकारविरुद्ध निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आर्थिक वर्ष समाप्त हुनै लाग्दा पनि व्यवसायीहरूको अर्बौं रकम भुक्तानी हुन बाँकी रहेकाले रकमान्तर गरि अहिलेसम्मको बाँकी रकम असार मसान्त भित्र भुक्तानी गर्न सरकारसँग माग गरेको हो । 

आफूहरूको समस्या समाधान नभए निर्णायक संघर्ष गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ । भुक्तानीको विकराल समस्या भोग्न बाध्य भइ निर्माण व्यवसायीहरूले केहि स्थानीय निकाय, प्रदेश र संघका बिकासे कार्यालयहरुमा तालबन्दी सुरु गरेको संघका अध्यक्ष रवि सिंहले बताए । 

उनले असार मसान्तभित्र सबै भुक्तानी निकासा फुकुवाको व्यवस्थाका लागि सम्बन्धित कार्यालयलाई निर्देशन गरिदिन सरकारसँग माग गरे ।

अध्यक्ष सिंहले व्यवसायीहरूको रकम भुक्तान नभएसम्म नयाँ टेन्डरहरू ननिकाल्न र बजेट सुनिश्चितता नभएका, भुक्तानी लगाएका समस्याले पूरा हुन नसकेका ठेक्‍काहरू कानून बमोजिम सुविस्ताका आधारमा अन्त्य गरि फरफारक गर्न पनि आग्रह गरे । 

महासंघले निर्माण व्यवसायीहरूको कुल ६० अर्ब रुपैयाँ भुक्तान हुन बाँकी रहेपनि त्यसतर्फ राज्यले खासै ध्यान नदिएको जनाएको छ । 

सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भए पश्चात् म्याद थप भए पछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४० अर्ब रुपैयाँ र चालू आयोजनाहरूको करिव २० अर्ब भुक्तानी हुन बाँकी रहेको महासंघको भनाइ छ । 

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ४ : १७ बजे

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित

मौसम विभागले भन्यो- नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा

हुम्ला-सुर्खेत सडक जीर्ण, यात्रीलाई सास्ती

हुम्ला– हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ ।

टीभीएस को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा : आकर्षक अफरसहित के छन् सुविधा ?

काठमाडौं– नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आजदेखि

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय