मोबाईलको चार्ज टिक्दैन ? यो हो चार्ज गर्ने सही तरिका | Khabarhub Khabarhub

मोबाईलको चार्ज टिक्दैन ? यो हो चार्ज गर्ने सही तरिका


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ–नयाँ टेक्नोलोजीसँगै फोनहरु विकसित हुँदै गएका छन् । सुविधाहरु बढिरहेका छन् । स्मार्टफोनमा खासै सुधार हुन नसकिरहेको एउटै समस्या हो– ब्याट्री लाइफ ।

महँगा र आधुनिक प्रविधिका स्मार्ट फोनमा झन ब्याट्री धेरै नटिक्ने समस्या हुन्छ । ब्याट्रीको चार्ज सकिएपछि चार्ज गर्न पनि घन्टौं समय लाग्छ । तर केही उपाय अपनायौं भने चार्ज चाडो हुने गर्छ । सही तरिकारले कसरी गर्ने मोबाइल चार्ज ? केही टिप्स यस्ता छन्–

मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस्

यो एकदम सामान्य र सजिलो तरिका हो । जसबाट एकदमै तीव्र गतिमा मोबाइल चार्ज गर्न सकिन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्सन बन्द हुँदैनन् । तर, जब तपाईंले फोन फ्लाइट मोडमा राख्नुहुन्छ तब फोन गर्न मिल्दैन र जिपिएसजस्ता फिचरहरूले काम गर्न बन्द हुन्छ ।

फोन पूरै बन्द गरेर चार्ज गर्ने

मोबाइल फोन चार्जका बारेमा मानिसहरुका आ–आफ्नै तर्क भए पनि मोबाइल चार्ज गर्दा फोन अफ गरेर चार्ज गर्दा चार्ज चाडो हुने गर्छ । फोन अन नै राखेर चार्ज गर्दा यो बिग्रन्छ भन्ने पनि गरिन्छ । तर, यो गलत हो । तर, मोबाइल चलाउँदै चार्ज गर्दा भने ब्याट्रीमा समस्या निम्तिन्छ । मोबाइल तात्ने समस्या बढी देखिन्छ ।

मोबाइल युएसबी पोर्टबाट चार्ज नगर्नु उत्तम

मोबाइल फोन युएसबी पोर्टबाट भन्दा बिजुलीबाट धेरै छिटो चार्ज हुन्छ । उदाहरणका रूपमा एप्पल फोनका लागि उक्त कम्पनीको सुझाब छ कि मोबाइल फोन बिजुलीबाट मात्र चार्ज गर्नुहोस् ।

तापक्रम मिलाउनुहोस्

तात्ने गरी ब्याट्री राख्दा यसको क्षमतामा ह्रास आउँछ । उदाहरणका लागि एप्पलका अनुसार गर्मीको कारण मोबाइलको ब्याट्रीको क्षमता खराब हुन्छ । फोनलाई घामबाट पनि टाढा राख्नुपर्छ ।

आधिकारिक चार्जर मात्र प्रयोग गर्नुहोस्

सबै चार्जर एउटै देखिन्छन्, तर एउटै भने कहिल्यै हुँदैनन् । सबैभन्दा राम्रो फोनको आधिकारिक चार्जरबाट मात्र चार्ज गर्नु हुन्छ । यसले सुरक्षित तरिकाबाट सबैभन्दा राम्रो परिणाम दिन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ०६ बजे

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उपेन्द्र यादवले भने : ओली सरकारलाई विचौलिया र तस्करले चलाएका छन्

जनकपुरधाम – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार

अफगानिस्तानमा गीत बजाएको आरोपमा १४ जना पक्राउ

काबुल – अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित