झापाको बिरिङ र अदुवामा बाढीको खतरा : निन्दा खेलामा पानीको सतह खतरा तहमा | Khabarhub Khabarhub

झापाको बिरिङ र अदुवामा बाढीको खतरा : निन्दा खेलामा पानीको सतह खतरा तहमा


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

झापा – पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको निन्दा खेलामा पानीको सतहले खतरा तह पार गरेको छ। बिहीबार बिहान साढे ७ बजे त्यहाँ पानीको तह १२५ दशमलव ७८६ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो।

त्यहाँ पानीको सतह १२२ दशमलव ५ मिटर कटेपछि खतरा तह मानिन्छ। झापाको शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा राति भारी वर्षा भएकाले सो क्षेत्र भएर बहने बिरिङ, अदुवा र अन्य साना खोलामा बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज दिउँसो कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनी न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेकोले आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ८ : २९ बजे

शिक्षा मन्त्रीले भने : शिक्षकसँग भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छौं

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र

प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र हुन्छ : एनपी साउद

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री