पूर्वमन्त्री रायको हत्या- मध्यराति घरमा छिरेका थिए तीन युवा, एकजना पक्राउ | Khabarhub Khabarhub

पूर्वमन्त्री रायको हत्या- मध्यराति घरमा छिरेका थिए तीन युवा, एकजना पक्राउ


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


47.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ परेका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति भएको हत्या प्रकरणमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

धान रोप्न चन्द्रनगर गाउँपालिकास्थित घरमा पुगेक‍ा ८० वर्षीय रायको गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले उक्त प्रकरणमा अनुसन्धान अघि बढाइएको बताउँदै शंकास्पद एक युवकलाई पक्राउ गरिएको बताए ।

घटनापछि प्रहरीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालेको थियो।

घटनाको समयमा मन्त्री रायको घरमा राति साढे ९ बजे आसपास तीनजना व्यक्ति छिरेका उनको घरमा काम गर्ने रामउजैन रायले प्रहरीलाई बताएका छन् । पूर्वराज्यमन्त्री रायलाई भेट्न राति घरमा आएका उनीहरूले नै हत्या गरेको आशंका प्रहरीले गरेको छ ।

धान रोप्न उक्त घरमा बसिरहेका राय श्राद्धमा गएर राति साढे ८ बजे फिरेका थिए । उनी आएको करिब एक घण्टा आसपासमा ती तीनजना व्यक्ति छिरेको प्रहरीले जनाएको छ । ती तीनमध्ये एकलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

धान रोप्न पुगेका राय कामदार राम उदेन रायसँग बसिरहेका थिए । घरमा छिरेका तीनजनाले जग्गा विवाद मिलाइदिन भन्दै रायसँग प्रश्न गरेका थिए । प्रहरी अधिकारीले पनि जग्गा विवादबारे उनीहरूबीच भनाभन भएको अनुमान गरेको छ ।

घरमा छिरेका तीनजना र मन्त्री रायबीच कुरा चलिरहेका बेला आफू अर्को कोठामा सुत्न गएको बयान राम उदेनले प्रहरीलाई दिएका छन् ।

तर मध्यराति उठेर शौचालय जान लाग्दा मन्त्री रायको कोठा खुल्लै देखिएको थियो। कोठामा पसेर हेर्दा मन्त्री राय भुइँमा रगतपच्छे भएर ढलेको अवस्थामा देखिएका थिए । त्यसपछि रायका नाताहरूलाई खबर गरेको उनले बताएका छन् ।

मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल घटनाको अनुसन्धान जारी रहेको बताए । उनले रायको घरमा छिरेका तीनजना नै हत्यामा संलग्न भएको आशंकमा अनुसन्धान अघि बढेको छ ।

घरेलु हतियार दाउ प्रयोग गरेर रायको हत्या गरिएको प्रहरीले जनाएको छ । उनको शव अहिले पोस्टमार्टमका लागि मलंगवा पठाइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : ४० बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले