सडक स्तरोन्नतिसँगै कोदारवासीलाई सहजता  | Khabarhub Khabarhub

सडक स्तरोन्नतिसँगै कोदारवासीलाई सहजता 


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर नगरपालिका–७ कोदारले सडकको स्तरोन्नतिमा प्राथमिकता दिएसँगै स्थानीयलाई सहजता भएको छ । विगतमा हिलाम्य हुने सडकको स्तरोन्नति गर्न वडाले काम थालनी गरेपछि स्थानीयलाई सहजता भएको हो । 

हिलाम्य सडकको स्तरोन्नति गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । सडक स्तरोन्नतिले दैनिकीमा सहजता भएको स्थानीयवासी भगवती तामाङले बताए । सडक हिलाम्य हुँदा आवतजावतसँगै उत्पादित कृषि उपजको बजारीकरणमा समेत समस्या हुने गरेकामा अहिले सजहता भएको उनको भनाइ छ । 

‘सडक व्यवस्थित नहुँदा हामीलाई आवतजावतमा धेरै समस्या थियो,’ उनले भने, ‘अहिले सबै टोलमा सडकको स्तरोन्नति गरिएपछि सहजता छ । हामीलाई दैनिक आवतजावतमा कुनै समस्या छैन ।’

स्थानीयको समस्यालाई ध्यानमा राख्दै वडाले बर्सातमा हिलाम्य हुने सडकलाई ढलान तथा ग्राभेल गरेर बाह्रै महिना सञ्चालन आउनेगरी स्तरोन्नति गरेपछि दैनिकीमा परिवर्तत आएको स्थानीयवासी हरिबहादुर महतले बताए। सडकले गाउँघरको जीवनशैलीमा सहजता थपिएको उनको भनाइ छ ।

‘सडकको विकास गरिएपछि हामीमा उत्साह बढेको छ,’ उनले भने, ‘हाम्रो क्षेत्रका मुख्य सडकमा आवतजावतमा समस्या छैन । वडाले थालेको योजनाबद्ध विकासले हामीलाई खुसी लागेको छ ।’ वडाभित्रका सडकलाई प्राथमिकताका साथ स्तरोन्नति तथा विकास गरिरहेको वडा वडाध्यक्ष जयबहादुर तामाङले बताए। 

हालसम्म यहाँको करिब दुई किलोमिटर सडक ढलान  सम्पन्न गरेको उनको भनाइ छ । स्थानीयको आवतजावतमा सहजता थप्न वडाभित्र अधिकांश सडक ग्राभेल गर्ने काम सम्पन्न भएको उनले बताए।

‘मैले यहाँको वडाको योजनाबद्ध विकासमा जोड दिएको छु,’ वडाध्यक्ष तामाङले भने, ‘यहाँका मुख्य सडकहरू प्रायः ढलान तथा ग्राभेल भएका छन् । सडक विस्तारसँगै किसानलाई आयआर्जनमा जोड्न तरकारी तथा नगदेबाली खेतीमा पनि जोड दिएका छौँ ।’

सीमित बजेटमा पनि अधिकतम उपयोग हुने तवरबाट योजनाहरू सञ्चालन गरिरहेको वडाले जनाएको छ । स्थानीयको समस्यालाई ध्यानमा राख्दै यहाँका मुख्य सडकहरू करिब दुई सय मिटरबाहेक सबै सडक ग्राभेल गरिएको वडाको दाबी छ ।

 नमूना वडा बनाउने लक्ष्यका साथ काम गरिरहेको वडाध्यक्ष तामाङले बताए। 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १ : १८ बजे

कञ्चनपुरमा प्रहरीले आफैंलाई गोली हाने, अवस्था गम्भीर

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कायरत

कर्णाली प्रदेशसभाले पायो विषयगत समितिका सभापति

सुर्खेत – कर्णाली प्रदेशसभामा रहेका तीन वटा विषयगत समितिको नेतृत्व

आगलागीबाट सात लाख बढीको क्षति

बैतडी – यहाँको पुर्चौडी नगरपालिका–४ भटनाका डम्मरदेव भट्टको घरमा आज

दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई

भोजपुर – पौवादुङमा गोल्ड कप दोस्रो संस्करणको उपाधि राजगढ फुटबल

नागरिकको सहजताका लागि अध्यादेश : एमाले

काठमाडौं – नेकपा (एमाले) संसदीय दलले सरकारले ल्याएको छ वटा