जसपा नेपाल केन्द्रीय समितिको बैठक साउन २७ गतेदेखि « Khabarhub

जसपा नेपाल केन्द्रीय समितिको बैठक साउन २७ गतेदेखि


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक यही साउनको अन्तिम साता बस्ने भएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आज बैठक सम्बन्धमा विज्ञप्तिमार्फत जानकारी दिँदै साउन २७, २८, २९ र ३० गते बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाएका हुन् ।

बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायत विषयहरूमा अभिमुखीकरणसमेत दिइनेछ । साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायत विषयहरुमा छलफल गरी आवश्यक निर्णय गरिने पनि अध्यक्ष यादवले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ९ : ५२ बजे

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा