टाउको दुख्यो, माइग्रेन भएको त छैन ? यी कुरामा ध्यान दिनुस् « Khabarhub

टाउको दुख्यो, माइग्रेन भएको त छैन ? यी कुरामा ध्यान दिनुस्


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै रोग वा कारण विना नै अत्याधिक टाउँको दुख्छ ? टाउँको दुखेर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा कुनै समस्या देखिदैन ?

यदी यस्तो समस्या छ भने, तपाईलाई माइग्रेन भएको हुनसक्छ । माइग्रेनको समस्या पुरुष भन्दा महिलामा बढी हुन्छ । महिलामा हुने हर्मोनको परिवर्तनले माइग्रेन हुनसक्छ । यस्तै परिवार नियोजनका साधान प्रयोग गर्ने महिलाहरुमा माइग्रेनको समस्या हुन्छ ।

माइग्रेन भएको कसरी थाहा पाउने ?

–टाउकोको एकापट्टि भागमा अत्याधिक पीडा हुने गरी दुख्छ,

–चार घण्टादेखि ७ दिनसम्म टाउको दुख्ने,

–दुखाइसँगै वाक-वाक लाग्ने, वान्ता हुने समस्या उत्पन्न हुन्छ,

–टाउको दुख्दा चिडचिडापन बढ्छ,

–झर्को लाग्ने,

–बत्तिको उज्यालो मन नपर्ने,

–काम गर्दा दुखाई बढ्ने ।

माइग्रेनको समस्या भएका व्यक्तिलाई विभिन्न कारणले समस्या बढ्न सक्छ । त्यसैले माइग्रेनका बिरामीले माइग्रेन हुनसक्ने कारक तत्वहरुबाट सधै सचेत रहनुपर्छ ।

माइग्रेनका बिरामीले यस्ता कुरामा ध्यान दिनुस्

–चर्को घामले माइग्रेन बढ्ने हुँदा घाममा निस्किँदा ख्याल गर्नुपर्छ,

–धेरै गर्मी, धेरै जाडो मौसमले पनि माइग्रेन हुनसक्छ,

– चर्को आवज तथा होहल्लामा नबस्ने,

–तनाब बढी लिएमा माइग्रेन बढ्नसक्छ त्यसैले तनाब व्यवस्थापन गरेर खुसी रहनुपर्छ,

–निद्रा पुगेन वा धेरै सुत्दा पनि माइग्रेन हुन सक्छ । त्यसैले पर्याप्त मात्रामा सुत्ने,

–कफी, चकलेट, मदिरा सेवनले पनि माइग्रेन हुनसकछ । माइग्रेनका बिरामीले यस्ता खानेकुरा सकेसम्म नखानु उपयुक्त हुन्छ,

–अजिनोमोटो हालिएको खानेकुराले पनि माइग्रेन बढाउन सक्छ,

–पर्फ्युम, पेट्रोल, डिजेलको गन्धले पनि माइग्रेन हुनसक्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ६ : ३४ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित