‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ नेपाल र भारतबाट एकसाथ प्रकाशन « Khabarhub

 ‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ नेपाल र भारतबाट एकसाथ प्रकाशन


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कवि तथा अनुवादक चन्द्र गुरुङले नेपाली भाषामा अनुवाद गरेका प्यालेस्टाइनी कविताहरूको सङ्ग्रह ‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ भारत र नेपालमा एकसाथ प्रकाशित भएको छ ।

कविता सङ्ग्रहलाई भारतीय नेपाल भाषीहरूका लागि दार्जिलिङको लाली गुराँस प्रकाशन गृह र नेपालको इन्डिगो इन्क प्रकाशन गृहले प्रकाशित गरेको छ । सङ्ग्रहमा ३९ प्यालेस्टाइनी कविहरूका ८० कविता समेटिएका छन् ।

कवितासङ्ग्रहमा विश्वविख्यात प्यालेस्टाइनी कवि महमुद दर्विश, घसन कानाफानी, मुइन बसीसो, फौजी अल–असमार, समिह अल–कासिम, तौफिक जय्यद आदि पुराना र नयाँ कविका कविताहरू सङ्ग्रहित छन् ।

स्वतन्त्र प्यालेस्टाइन स्थापनाका लागि प्यालेस्टिनीहरूले गरेको सङ्घर्षको कथा कवितामा पोखिएका छन् ।

अनागरिक र घरबारविहीन भएका उनीहरूको सङ्घर्षमय जीवनलाई प्यालेस्टिनी कविहरूले बेजोडले व्यक्त गरेका छन् । करिव दुई हजार वर्षदेखि अहिलेसम्म यहुदी र इस्लाम अरबीबीच धार्मिक, राजनीतिक, सामाजिक, सांस्कृतिक सङ्घर्ष, द्वन्द्व र युद्धले कमजोर बनेका प्यालेस्टिनी स्रष्‍टाहरूको विस्फोटक कविताहरू सङ्ग्रहमा समेटिएको अनुवादक चन्द्र गुरुङले बताए ।

मध्यपूर्व (मिडिल इस्ट) का समकालीन सर्जकहरुसँग नियमित सम्पर्कमा रहेका गुरुङले कतिपय अङ्ग्रेजी र हिन्दीबाट अनुवाद गरेका छन् भने कतिपय कविताहरु प्यालेस्टिनी कविहरुसँग प्रत्यक्ष सम्पर्क गरेर अनुवाद गरेका छन् ।

कुनै बेला यहुदीहरूको देश नै थिएन अहिले प्यालिस्टिनीहरु देशविहीन हुन पुगेको बेला पछिल्लो समयमा इजरायलको मारमा परेका छन् ।

इजरायल–प्यालेस्टाइन द्वन्द्वको इतिहास अरब प्रायद्वीपमा यहुदी बहुल मुलुकको स्थापनासँगै सुरु भएको थियो ।

सन् १९४७ नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घले ब्रिटिसको अधीनमा रहेको प्यालेस्टाइनलाई अरब र यहुदी राज्य गरी दुई भागमा बाँढ्ने प्रस्ताव पास भएसँगै प्यालेस्टाइनमा यहुदी र अरबबीच द्वन्द्व र युद्ध जारी छ ।

तिनै द्वन्द्व र युद्धले निम्त्याएको मानवीय क्षतिको भयावह अवस्थालाई प्यालेस्टिनी कविहरूले आक्रोशको रुपमा सुन्दर शैलीमा व्यक्त गरेर स्वतन्त्र प्यालेस्टाइनको आवाज बुलन्द बनाएको विषय कवितामा सँगालेका छन् ।

भारत र नेपालबाट एकसाथ सङ्ग्रह निकालेपछि अनुवादक गुरुङले भने, ‘यस कवितासङ्ग्रहमा रहेका कविताहरू आफ्नो मातृभूमिप्रतिको अगाध माया र जनताले भोगेको उत्पीडनको विरोधमा जन्मेका संघर्ष र योगदानको कथा हो ।

यी कविताहरूमा उनीहरूको भावना, आक्रोश र आशाहरू छताछुल्ल पोखिएका छन् ।’

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १२ : ४४ बजे

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो (तस्बिरसहित)

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा