भारत र श्रीलंकाको एकदिवसीय सिरिज आजदेखि « Khabarhub

भारत र श्रीलंकाको एकदिवसीय सिरिज आजदेखि


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र श्रीलंकाको एक दिवसीय सिरिज शुक्रबार सुरु हुँदैछ। सिरिजको पहिलो खेल शुक्रबार दिउँसो २:४५ बजे श्रीलंकाको कोलम्बु क्रिकेट मैदानमा सुरु हुनेछ।

सिरिज खेल्न रोहित शर्माको कप्तानीमा रहेको भारतीय टिम यसअघि नै कोलम्बु पुगिसेको छ। भारतले एकदिवसीय र टी-२० प्रतिस्पर्धाका लागि फरकफरक कप्तान बनाएको हो।

सूर्यकुमार यादवको कप्तानीमा यसअघि श्रीलंकाविरुद्ध खेलेको टी-२० सिरिजमा भारतले क्लिन स्वीप गरेको छ। तीन खेलमा तीन जित निकाल्दै भारतले टी–२० सिरिज जितेको हो।

ओडिआई सिरिज जित्दै प्रशिक्षक गौतम गाम्भीर सबै फरम्यार्टमा भारत अब्बल रहेको सावित गर्न चाहन्छन्। श्रीलंकाको टिमको कप्तानी भने चरित असालान्काले गरेका छन्। घरेलु मैदानमा जारी सिरिज उचाल्ने लक्ष्य श्रीलंकाको छ। टी-२० सिरिज गुमाएको श्रीलंका एकदिवसीय सिरिजमा रक्षात्मक बन्ने देखिन्छ।

तीन खेलको यो सिरिज शुक्रबार सुरु भएर साउन २३ गते बुधबार सकिने छ। सिरिजको दोस्रो खेल साउन २० गते आइतबार हुनेछ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ६ : २७ बजे

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो