प्रतिस्पर्धात्मक खेलमा इरानसँग नेपाल पराजित « Khabarhub

प्रतिस्पर्धात्मक खेलमा इरानसँग नेपाल पराजित


२० श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयोजक टोली नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको तेस्रो खेलमा इरानसँग पराजित भएको छ। प्रतिस्पर्धात्मक उक्त खेलमा नेपाल ३-२ सेटले पराजित भएकव हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा नेपाललाई पाहुना टोली इरानले २-३ को सेटमा हराउन सफल भएको हो ।

नेपालले पहिलो सेट १६-२५ले गुमाएको थियो । उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५-१६ ले जित्यो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा नेपाल २३-२५ ले पछि पर्यो ।

८-१०ले पछि परेको अवस्थाबाट लगातर ६ अंक जोड्दै नेपालले १४-१० अग्रता लियो । तर त्यसपछि इरानले लगातार पाँच अंक जोड्दै १५-१४ को अग्रता बनायो ।

एकतर्फी चौथो सेट २५-१५ ले आफ्नो पक्षमा पार्दै नेपालले खेललाई पाँचौं सेटसम्म लग्यो । प्रतिस्पर्धात्मक पाँचौं सेट नेपालले १३-१५ ले गुमायाे ।

अब नेपालले तीन खेलबाट ६ अंक जोडेको छ । यसअघि नेपालले श्रीलंकालाई ३-० र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

लगातार तेस्रो खेल जितेको इरानले चार खेलबाट सात अंक बनायो । पहिलो सेटमा भारतसँग ३-१ को सेटमा पराजित भएको इरानले त्यसपछि श्रीलंकालाई ३-२ र माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार माल्दिभ्सको सामना गर्नेछ । आइतबार नै सम्पन्न खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा नतिजा आफ्नो पक्षमा पार्‍यो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ३४ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको