सावधानी अपनाए जोर्नी दुखाई कम गर्न सकिन्छ | Khabarhub Khabarhub

सावधानी अपनाए जोर्नी दुखाई कम गर्न सकिन्छ


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शारीरिक वजन वृद्धि, मांसपेशी वा जोर्नीमा दुखाई, बिना कारण कमजोरी वा आलस्यता बढ्नु अहिले आम समस्या बनेको छ । थकावट वा अनिन्द्राको कारण निम्तने यस्ता समस्यालाई धेरैजसो मानिसमा ख्याल नदिने गरेको पाइन्छ । तर बदलिदो जीवनशैलीका कारण बिहान उठ्ने र बेलुका सुत्ने समयको सहि समय नमिलेका कारण यि समस्याहरु निम्तने गर्दछ । आवश्यकता भन्दा बढि खानु वा दिनभर खानाको समय नमिलेर भोको बस्नु समेत यी समस्याका कारण हुन् ।

तर यदि तपाईमा लगातार थकावट, जोर्नीको दुखाई लगायतका समस्या देखिएका छन्, सावधान हुनु जरुरी छ । यस्ता प्रकारका स्वस्थ्य समस्या शरीरमा भिटामिन डिको कमिले हुने गर्दछ । यदि मांसपेशि वा जोर्नीमा लगातार दुखाई छ भने रगतको परीक्षण गरी तपाईको शरीरम भिटामिन डि (विशेषतः डि थ्रि)को अवस्था कस्तो छ त्यो पहिचान गर्न आवश्यक छ । यदि भिटामिन डि थ्रिको मात्रा आवश्यकता भन्दा कम छ भने यस किसिमका समस्या हुने गर्दछन् ।

सूर्यको किरणलाई भिटामिन डि को सबैभन्दा बलियो प्राकृतिक स्रोत मानिन्छ । तसर्थ शरीरमा भिटामिन डि को मात्रा बनाई राख्न एक सातामा ४/५ पटकसम्म सनवाथ अर्थात केहिबेर घाममा उभिनु जरुरी छ । बिहान ८ बजे भन्दा पहिले र साझ ४ बजेपछिको घाममा उभिनु सबैभन्दा उपयुक्त हुन्छ । घाममा उभिदा अनुहारलाई नछापि हातलाई फैलाएर उभिनु पर्दछ ।

दैनिक करीब १५ मिनेट घाममा उभिदा शरीरमा कहिल्यै भिटामिन डि को अभाव हुदैन । यसबाहेक सालमोन, सार्डनिस माछा, अडां वा मासुमा समेत प्रचुर मात्रामा भिटामिन डि पाइन्छ । यदि कोहि शाकाहारी छ भने उनिहरुले खानामा सूर्यमुखीको बिउ, सोयाबिनका उत्पादन, दुग्धजन्य पर्दाथको प्रयोग गरेमा समेत भिटामिन डिको भरपुर हुन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : १२ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता