धनगढीमा उपमहानगरमा 'आमा बचाउ' अभियान प्रभावकारी | Khabarhub Khabarhub

 धनगढीमा उपमहानगरमा ‘आमा बचाउ’ अभियान प्रभावकारी


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

अत्तरिया – जिल्लाको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाउ’ अभियान प्रभावकारी बनेको छ ।

उपमहानगरले अघिल्लो आर्थिक वर्ष २०७९-८० को मङ्सिरबाट सुरु गरेको उक्त अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । 

गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘आमा बचाउ’ अभियानबाट अघिल्लो र गत आव २०८०-८१ गरी दुई वर्षमा चार सय ५४ महिलाले सेवा प्राप्त गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।  

उनका अनुसार आमा र शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी सञ्चालन गरिएको ‘आमा बचाउ’ अभियानमा उक्त अवस्थाका महिलालाई अस्पतालसम्म पुर्‍याउन उपमहानगरले चारवटा एम्बुलेन्सबाट निःशुल्क सेवा सञ्चालन गरेको छ ।

एउटा एम्बुलेन्स उपमहानगर आफैँले सञ्चालन गरेको र तीनवटा एम्बुलेन्स वडा नं १६, १८ र १९ बाट सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले जानकारी दिए। 

‘ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारी साधन पाइँदैन’, उनले भने, ‘यसैलाई मध्यनजर गरी यो अभियान सञ्चालन गरिएको हो । यसबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुनुभएको छ ।’

‘आमा बचाउ’ अभियान ग्रामीण क्षेत्रका महिलालाई निकै प्रभावकारी भएको वडा नं. १९ का वडाध्यक्ष बाँधुराम चौधरीले बताए। उनले भने, ‘कसैसँग अस्पताल पुग्ने भाडासमेत हुँदैन । उहाँहरुलाई यसले राहत प्रदान गरेको छ । अस्पतालसम्म पुग्न अन्य सवारी पाउन पनि मुस्किल पर्छ । निःशुल्क एम्बुलेन्स सेवाले गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज भएको छ ।’

चालु आवमा पनि अभियान निरन्तर रहेको उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताए। 

‘हामी यस अभियानलाई अझै प्रभावकारी बनाउदै लैजाने योजनामा छौँ’, उनले भने, ‘चालु आवमा थप एउटा एम्बुलेन्स पालिकाले ल्याइसकेको छ । त्यो पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी छ ।’

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १२ : १२ बजे

श्रावण शुक्ल पञ्चमी : घरघरमा नाग टाँसियो

काठमाडौं– घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएको छ ।

बाँदरपछि चितुवाले उठाउँदैछ पहाडका गाउँ, आरोप बाघलाई

काठमाडौँ – भनिन्छ; मानिसले प्रकृतिलाई कोतरेर आफ्नो थलो त बनाउन

युक्रेनमा रुसी हमला, २० जनाको मृत्यु

किएभ– युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४०

भारतमा बनेको टाइटेनियम विश्वभरका रक्षा उद्योगमा आपूर्ति हुँदै

काठमाडौं– पछिल्लो समय भारतमा रक्षा उद्योगको तीव्र विकास भइरहेको छ

‘बघौरा’ र ‘महारानी’ हेर्न जावलाखेलमा भीड (तस्बिरहरू)

काठमाडौं– विश्व बाघ दिवसको अवसरमा मंगलबार जावलाखेलस्थित केन्द्रीय चिडियाखानामा रहेका