किरण बज्राचार्यले सम्हालिन् उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी « Khabarhub

किरण बज्राचार्यले सम्हालिन् उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सम्हालेकी छन्। योसँगै उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी छन् ।

सोमबार रानीपोखरीस्थित कार्यालयबाट सरुवा भएका एआईजी दीपक थापालाई बिदाइ गर्दै बज्राचार्यले जिम्मेवारी सम्हालेकी हुन्। एआईजी थापाको सीआईबीमा सरुवा भएको छ ।

जिम्मेवारी सम्हाल्दै बज्राचार्यले हरेक प्रहरी कर्मचारीले उच्च व्यावसायिकताका साथ सुरक्षा प्रदान गरेको खण्डमा मात्र नेपाल प्रहरीको छवि उच्च हुने बताइन् ।

उनले आधुनिक समयमा आपराधिक समूहद्वारा फरकफरक तवरबाट आपराधिक गतिविधि गर्ने हुँदा प्रहरी चनाखो हुनुपर्ने बताइन् । उनले काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन सबै लाग्नु पर्ने बताइन् ।

उनले भनिन्, ‘काठमाडौंको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिविम्बको रूपमा रहन्छ । त्यसैले उपत्यका प्रहरीले अति उत्कृष्ट तवरबाट कार्यसम्पादन गर्नुपर्छ। आधुनिक समयमा आपराधिक समूहद्वारा फरकफरक तवरबाट आपराधिक गतिविधि भइरहेका छन् । त्यसका सूचना संकलनमा प्रभावकारीरूपमा लागी प्राप्त हुन आएका सूचनालाई विधि, प्रविधि र प्रभावकारी तवरले प्रहरी परिचालन गरी काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन लाग्नुपर्छ ।’

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : ४३ बजे

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या