युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो « Khabarhub

युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

मस्को– रूस र युक्रेनबीच बढ्दो द्वन्द्वकाबीच  पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ।

युक्रेनको बढ्दो आक्रामक गतिविधिका कारण रुसको सीमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मंगलबार जनाएका छन् ।

उनका अनुसार विस्थापित मध्ये लगभग एक हजार मानिसहरू हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन् ।

 ‘बिग्रँदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खानबस्न लगायतका न्यूनतम आवश्यकताका सामानहरू प्रदान गरी सुरक्षित स्थानमा राखिएको छ’, ग्लेडकोभले भने ।

यसै क्रममा उनले वर्तमान स्थितिमा चाँडै सुधार भई विस्थापितहरुलाई छिट्टै घर फर्कन अनुमति जारी गरिने आशा व्यक्त गरे ।  

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : १२ बजे

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम–  सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास

तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार

ताप्लेजुङ– हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने