युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो « Khabarhub

युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

मस्को– रूस र युक्रेनबीच बढ्दो द्वन्द्वकाबीच  पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ।

युक्रेनको बढ्दो आक्रामक गतिविधिका कारण रुसको सीमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मंगलबार जनाएका छन् ।

उनका अनुसार विस्थापित मध्ये लगभग एक हजार मानिसहरू हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन् ।

 ‘बिग्रँदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खानबस्न लगायतका न्यूनतम आवश्यकताका सामानहरू प्रदान गरी सुरक्षित स्थानमा राखिएको छ’, ग्लेडकोभले भने ।

यसै क्रममा उनले वर्तमान स्थितिमा चाँडै सुधार भई विस्थापितहरुलाई छिट्टै घर फर्कन अनुमति जारी गरिने आशा व्यक्त गरे ।  

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना