सुनका गहना किन्ने बहानामा चोरी, दुई जना पक्राउ « Khabarhub

सुनका गहना किन्ने बहानामा चोरी, दुई जना पक्राउ


३० श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको न्यूरोडबाट सुनका गहना चोरी गर्ने र चोरीका सुन खरिद गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ ।

गहना चोरी गर्ने ललितपुरकी लिना नकर्मी र खरिद गर्ने भारत घर भई न्यूरोडमा सुन व्यवसाय गर्दै आएका चित्र रञ्जन हजारालाई पक्राउगरी कारबाही थालिएको काठमाडौंको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

काठमाडौं न्यूरोडमा यही साउन २५ गते नारायण ज्वेलर्सबाट तीन महिला सुनका गहना खरिद गर्ने भनी दुई तोला २० लालको सिक्री चोरेर फरार भएकी थिइन् । उक्त विषयमा अनुसन्धान गर्दा चोरीमा संलग्न लिना नकर्मीलाई यही साउन २९ गते ललितपुरको पुलचोकबाट पक्राउ परिएको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उनले चोरी गरेका सुनका गरगहना न्यूरोडमा रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको खुल्न आएपछि सञ्चालक हजारालाई पनि पक्राउ गरिएको आचार्यले बताए । दुवैै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै प्रहरी वृत्त जनसेवा काठमाडौँमा पठाइएको छ ।

नकर्मीले पहिले पनि चोरी गरेको अन्दाजी १७ ग्रामको सुनको सिक्री सोही ज्वेलर्सलाई बिक्री गरेको खुल्न आएको छ । त्यस्तै उनको साथबाट आधिकारिकता पुष्टि हुन नसकेको अन्दाजी दुई तोला बराबरको सुनको सिक्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १० : ४३ बजे

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक