‘मङ्कीपक्स’ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा « Khabarhub

‘मङ्कीपक्स’ विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा


३१ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकाका केही भागहरूमा मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अहिले यो प्रकोप मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरूमा पनि फैलिरहेको बताइएको छ । छिटो फैलिरहेको सङ्क्रमण र मृत्युको दरबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।

यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्युदर उच्च रहेको भन्दै डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए । यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि यो रोग सर्न सक्छ । बिफर प्रजातिको भाइरसबाटै मङ्कीपक्सको सङ्क्रमण हुने गर्दछ ।

यसको लक्षण फ्लु जस्तो हुन्छ भने छालामा घाउहरू गराउँछ जुन घातक हुन सक्छ । जसमा १०० मध्ये चार जनाको मृत्यु हुन्छ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार  १० : ५८ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–