सूचनाको हक पाएमात्र लोकतन्त्र पारदर्शी हुन्छ : उपराष्ट्रपति यादव | Khabarhub Khabarhub

सूचनाको हक पाएमात्र लोकतन्त्र पारदर्शी हुन्छ : उपराष्ट्रपति यादव


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहाय यादवले आमनागरिकलाई सूचनाको हक प्राप्त भएमात्र लोकतन्त्र खुला र पारदर्शी हुने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको ‘१८औँ राष्ट्रिय सूचना दिवसको अवसर’मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले सूचनाको हक भरपूर प्रयोग गर्ने अभ्यासबाट समाज सुशासित र भ्रष्टाचाररहित हुने बताए ।

सरकारको गतिविधिबारे नागरिकले जान्न पाउने हक सूचनाको हक हो भन्दै उनले कर्मचारी यसप्रति बढी उत्तरदायी हुनुपर्नेमा जोड दिए ।

“लोकतान्त्रिक व्यवस्था पारदर्शी र खुला हुनपर्छ । आमनागरिकले सूचना माग्दा कानुनबमोजिम प्रदान गराउने दायित्व कर्मचारीको बढी हुन्छ”, उपराष्ट्रपति यादवले भने, “सूचनाको हकले सरकारी कर्मचारीलाई जवाफदेही बनाउने मात्रै होइन, भ्रष्टाचार र अनियमिततालाई कम गर्न सघाउँछ ।”

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचनाको हकलाई फराकिलो र सहज बनाउन नीतिगत परिमार्जन आवश्यक रहेको बताए ।

मन्त्री गुरुङले वर्ष दिनको कार्ययोजना बनाएर पुराना ऐन र नीतिलाई संशोधन गर्न सुरु गरेको जानकारी दिँदै आमसञ्चार विधेयक निर्माणका क्रममा रहेको र मिडिया काउन्सिल ऐन अन्तिम चरणमा पुगेको बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ११ : ०१ बजे

आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार 

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार

कालीगण्डकी सडक अवरुद्ध

गुल्मी– पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ

पूर्वहरूमा जागेको जग हँसाउने जाँगर !

राजा महेन्द्रले आफ्ना विश्वासपात्र विष्णुमणि आचार्यलाई मन्त्रिमण्डलमा लैजान योग्य व्यक्तिको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा