विद्युतको बक्यौताबारे कुलमानलाई गोकुलको प्रश्न- ९ वर्षदेखि एकै एमडी छ, किन सुतेर बसेको ? | Khabarhub Khabarhub

विद्युतको बक्यौताबारे कुलमानलाई गोकुलको प्रश्न- ९ वर्षदेखि एकै एमडी छ, किन सुतेर बसेको ?


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगीलाई १६ अर्ब छुट दिने निर्णय गरेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबार भएको छलफलमा बोल्दै बास्कोटाले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले व्यवसायीलाई कुन कानुनमा टेकेर छुट दिएको हो ? भनेर प्रश्न गरे ।

सरकार परिवर्तन भइरहे पनि प्राधिकरणमा लामो समयदेखि एकै व्यक्ति रहेको बताउँदै उनले बक्यौता नउठाएकोमा प्रश्न गरे।

‘प्राधिकरणले उद्योगी, व्यवसायीबाट उठाउनुपर्ने २२ अर्बभन्दा बढी वक्यौता जसरी पनि उठाउनुपर्छ’, उनले भने, ‘यस प्रकरणमा दोषी देखिएकालाई कारबाही गरिनुपर्छ’, उनले भने ।

उनले प्राधिकरणको बक्यौता ९ वर्षसम्म नउठाइएको भन्दै आपत्ति पनि जनाएका छन् ।

‘बक्यौता ९ वर्षसम्म किन नउठाएको ? फ्याक्ट जे हो त्यहीमा जाऊँ । जो दोषी देखिन्छ, त्यसलाई कारबाही गर्नुपर्छ । १६ अर्ब किन छुट दिइयो । संवैधानिक निकाय महालेखाको प्रतिवेदन बेवास्ता गर्न मिल्दैन,’ उनले भने, ‘६१ उद्योगको कुरा छ, त्यसमा बाझिएको कुरा सप्लाईको लगबुक चाहियो । यसमा कोही हल्निनुर्ने पर्ने छैन । तथ्यका आधारमा सत्यको पक्षमा उभिँदा फरक पर्दैन । यो १६ अर्ब छुट सरकारले कुन कानुनमा टेकेर दियो ? एउटै प्रबन्ध निर्देशक (एमडी) लगातार छ । किन सुतेर बसेको ? किन पैसा नउठाएको ?’

अघिल्लो प्रतिनिधि सभाको कार्यकालमा डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि सार्वजनिक लेखा समितिले डा. मीनेन्द्र रिजालको संयोजकत्वमा उपसमिति बनाएको उनले स्मरण गराए । उक्त उपसमितिको प्रतिवेदन र महालेखाको प्रतिवेदन किन कार्यान्वयन नगरेको भन्दै बास्कोटाले प्रश्न गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ४ : ५३ बजे

नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको

नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले

चार विकेट गुमाएर नेदरल्याण्ड्सले जोड्यो ११६ रन

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको