सत्ताको दुरुपयोग भयो, अस्थिरताका कारक नै सरकारमा छन् : राजेन्द्र लिङ्देन « Khabarhub

सत्ताको दुरुपयोग भयो, अस्थिरताका कारक नै सरकारमा छन् : राजेन्द्र लिङ्देन


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अस्थिरताका कारक दलहरू नै अहिले सरकारमा रहेको बताएका छन्  ।

राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै लिङ्देनले ठूलो दलको रूपमा जनताको मत प्राप्त गरेका र अहिले सरकारमा रहेका दलहरू नै अस्थिरताको प्रमुख कारक भएको बताएका हुन्  ।

उनले अहिले ठूला दलहरू मिलेर दुई दलीय व्यवस्था कायम गर्ने परिकल्पना सामान्य विषय नभएको जिकिर गरे ।

लिङदेनले सत्ताको दुरुपयोग भएकै कारण मुलुक माथि उठ्न नसकेको बताए ।

अव पनि राप्रपाजस्तो पार्टी शक्ति बलियो बनेर नआउने हो भने देश दीर्घकालीन निराशाको खाडलमा जाने र जस्तोसुकै अराजकता उत्पन्न हुने उनको भनाइ छ ।

उनले अहिले अभिभावकको रिक्ततालाई राप्रपाले नेतृत्व लिएर अन्त्य गर्नुपर्नेमा जोड दिए । लिङ्देनले अहिलेको प्रणालीमा व्यापक परिवर्तन गर्नुपर्ने भएकाले राप्रपाले ठिक ढंगले आफूलाई अघि बढाउनुपर्ने उल्लेख गरे ।

राप्रपा पनि निष्क्रिय भए देशका लागि दुर्भाग्य हुने उनले बताए । उनले सदनमा राप्रपाले ठिक ढंगले आफ्नो काम गरिरहेको जिकिर गरे ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  २ : ५२ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको