भारत र जापानले रक्षा सहकार्य बढाउँदै लैजाने « Khabarhub

भारत र जापानले रक्षा सहकार्य बढाउँदै लैजाने


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र जापानबीच रक्षा सहकार्यलाई वृद्धि गर्दै जाने सहमति भएको छ । दुई मुलुकबीच भएको उच्चस्तरीय बैठकका क्रममा रक्षा सहकार्य बढाउँदै लैजाने सहमति भएको हो ।

रक्षा तथा विदेशमन्त्रीहरुको उच्चस्तरीय बैठकमा विश्वव्यापी तथा क्षेत्रीय वातावरण जटिल बन्दै गएकाले दुवै मुलुक सहकार्य बढाउँदै लैजान सहमत भएका हुन् । यस बैठकका लागि जापानी मन्त्रीहरू भारत आएका थिए ।

जापानी मन्त्रीहरूसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गर्दै सहकार्य वृद्धि गर्ने विषयमा छलफल गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भेटवार्ताका क्रममा संवेदनशील खनिज पदार्थ, सेमिकन्डक्टर र रक्षा उत्पादनमा सहकार्य थप बढाउने विषयमा चर्चा भएको जनाइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ४ : ५० बजे

एकैदिन विपद्का घटनामा परी ७ जनाको मृत्यु, १९ घाइते

काठमाडौं– देशभर एकै दिनमा भएका विभिन्न विपद्का घटनामा परी ७

रुसमा युक्रेनी ड्रोन आक्रमणमा चार जनाको मृत्यु, सात घाइते

एजेन्सी– रुसमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा परी चार जनाको

लागूऔषधसहित पाँचजना पक्राउ

विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागूऔषध

कर्णाली राजमार्गस्थित गगने खोलामा सडक पुनः अवरुद्ध

मान्म– कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा

स्कोडा नेपालले सार्वजनिक गर्‍यो फेसलिफ्ट गरिएको नयाँ कुशाक एसयूभी, मूल्य कति ?

काठमाडौं– स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स