अमेरिकी र इराकी सेनाको आक्रमणमा १५ आईएस लडाकु मारिएको दाबी  « Khabarhub

अमेरिकी र इराकी सेनाको आक्रमणमा १५ आईएस लडाकु मारिएको दाबी 


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकाले इराकी सुरक्षा बलका साथ सञ्चालन गरिएको संयुक्त कारबाहीका क्रममा इस्लामिक स्टेट (आईएस)का १५ लडाकु मारिएको दाबी गरेको छ । 

अमेरिकी सेन्ट्रल कमान्डले बिहीबार इराकको पश्चिमी क्षेत्रमा चलाइएको चरमपन्थी समूहविरुद्धको संयुक्त कारबाहीमा आईएसका १५ लडाकु मारिएको दाबी गरेको हो । 

सेन्ट्रल कमान्डले बयान जारी गर्दै भनेको छ, ‘अमेरिकी र इराकी सैनिकहरुको खतरनाक हतियार, ग्रिनेड र विष्फोट गराउने सुसाइड बेल्टले सुसज्जित लडाकु समूहसँग मुठभेड भयो । यो घटनामा कोही सर्वसाधारण हताहती भएका छैनन् ।’

यद्यपि, अमेरिकी मिडियाहरुमा उक्त कारबाहीका क्रममा केही अमेरिकी सैनिकहरु घाइते भएका समाचार प्रकाशित भएको बीबीसीले जनाएको छ । 

यसअघि इराकी सेनाले पनि संयुक्त कारबाहीका क्रममा गरिएको हवाई आक्रमणबाट चरमपन्थीहरुको सेल्टरलाई निशाना बनाइएको बताएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  २ : ०५ बजे

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर