आजका समाचार : प्रस्तावित राजदूतको सुनुवाइ, हमासले बन्धक बनाएका ६ मृत भेटिए, काठमाडौंका सडक अस्तव्यस्त | Khabarhub Khabarhub

आजका समाचार : प्रस्तावित राजदूतको सुनुवाइ, हमासले बन्धक बनाएका ६ मृत भेटिए, काठमाडौंका सडक अस्तव्यस्त


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

बाल मन्दिरका जग्गा जमिनको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् ।

सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे जति जमिन, भवन र सम्पत्ति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताएका हुन् ।

विश्वप्रकाशलाई रोक्दै देउवाले भने- कसैले छोड् भन्दैमा छोड्दिनँ, मैले छोड्नुपर्छ भन्ने छैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले नै पार्टी नेतृत्व र संसदीय दलको नेता अहिल्यै नछोड्ने बताएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री नबन्न र त्याग गरेर देखाउन बताएपछि देउवाको यस्तो जवाफ आएको हो ।

विश्वप्रकाशको प्रस्ताव- ओलीपछि कांग्रेसबाट देउवा होइन अरुलाई प्रधानमन्त्री बनाऊँ

ओवादीले भन्यो- हामीले गल्ती स्वीकार्‍यौँ, बहुपहिचानका आधारमा कोशीको नाम राखौँ

नेकपा माओवादी केन्द्रले बहुपहिचानका आधारमा कोशी प्रदेशको पुनः नाकारण गर्न माग गरेको छ ।

पार्टीका कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले आइतबार प्रदेशसभा बैठममा बोल्दै कांग्रेस-एमालेको दुईतिहाइको सरकारले पुन:नामाकरण गर्नुपर्ने बताए ।

कसैलाई टीका लगाइदिएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने कुरा हुँदैन : प्रचण्ड

नेपालमा नयाँ शक्ति भनेकै माओवादी : प्रचण्ड

यस्ता छन्‌ मन्त्रिपरिषद्‌ बैठकका १८ निर्णय

सरकारले भदौ १३ गते बसेको मन्त्रिपरिषद्‌का १८ निर्णय सार्वजनिक गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले चार दिनपछि मन्त्रिपरिषद्‌को पछिल्लो बैठकका निर्णय सार्वजनिक गरेको हो । सोही बैठकले नेपालको २८औं मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको थियो ।

बैठकले यूरोपेली सङ्घबाट २३ मिलियन र युनिसेफबाट २ मिलियन गरी २५ मिलियन युरो बराबर अनुदान सहायता स्वीकृत गरेको छ । यसैगरी जर्मनीले दिने १० मिलियन यूरो अनुदान सहायता पनि स्वीकार गरेको छ ।

संसदीय समितिमा प्रस्तावित राजदूतहरूको सुनुवाइ

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गरेको छ । समितिले आइतबारबाट विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गरेको हो ।

आइतबार चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओली, डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरलगाएतसँग समितिले सुनुवाइ गरेको थियो ।

सांसदहरूलाई शंकर शर्माले भने- भारतका लागि राजदूतमा दोहोर्‍याएको जवाफ सरकारसँग माग्नू

प्रस्तावित राजदूत ओली भन्छन्- चीनसँगका सम्झौता कार्यान्वयन र लगानी भित्र्याउन पहल गर्छु

वैदेशिक रोजगारीमा रहेका र फर्केका श्रमिकलाई निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव

नेपाल निर्माण व्यवसायी महासङ्घले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका श्रमिकको वास्तविक लगत राखी क्षमता तथा योग्यताअनुसार निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव गरेको छ ।

महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै श्रमिक अभावका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।

एमालेलाई भाग मिलाउन गण्डकीमा फुटाइयो दुई मन्त्रालय

गण्डकी प्रदेश सरकारले मन्त्रालय फुटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर संख्या बढाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय थिए अब दुईवटा थपिएपछि ९ पुगेका छन् ।

मु‍ख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण

डोल्पाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर रुकुम पश्चिमको आठबसिकोट नगरपालिकाको राडीमा आकस्मिक अवतरण गरेको छ ।

डोल्पाको त्रिपुरा सुन्दरी दर्शन तथा एक मेलाको अवलोकन गरेर फर्किने क्रममा मौसम खराबीका कारण मुख्यमन्त्री कँडेल सवार हेलिकोप्टर सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकोप्टर राडी स्थित एक खेल मैदानमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज भटाराइले जानकारी दिए ।

आम किसान मोर्चाको केन्द्रीय अध्यक्षमा अनिल झा निर्वाचित

आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट अनिल झाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन भएको छ ।

भेलाले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, किसानलाई मल खाद्य, बिउ विजन, सिचाई लगायतको व्यवस्था गर्नुपर्ने माग सरकारसँग गरेको छ । यसै गरी किसान मोर्चाले किसानलाई डिडिसीले तिर्नुपर्ने दूधको बाँकी बक्यौता रकम तत्काल तिर्नुपर्ने, किसानलाई सहज रूपमा न्यून ब्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, किसानको नाममा बिचौलियाले गरिरहेको लुट धन्धा नियन्त्रण गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग मोर्चाले गरेको छ ।

अर्थसंक्षेप : शेयर बजारमा भारी गिरावट, तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित

काठमाडौं होइन ‘जाममाडौं’ (तस्बिरहरू)

आइतबार दिउँसो काठमाडौंमा भएको एउटा सानो प्रदर्शनका कारण सवारी व्यवस्थापन अस्तव्यस्त भएको छ।

बाँकेकी निर्मला कुर्मी प्रकरणमा संलग्न भएका भनिएका नेपाली कांग्रेसका प्रदेश सांसद एवम् लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीलाई कारबाही माग गर्दै प्रदर्शन गरिँदा काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त भएको हो ।

प्रदर्शनकारीहरू माइतीघरमण्डलदेखि बालुवाटारसम्म मार्चपासमा निस्किँदा त्यस रुटको सवारी व्यवस्थापनमा समस्या हुँदा घण्टौँँ जाम भएको हो ।

सुन्धारा–रत्नपार्क–भद्रकाली–पुतली सडकलगायत काठमाडौंका प्रमुख स्थानको सवारीसाधन आइतबार अस्तव्यस्त बनेको हो ।

निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघर-बालुवाटार ‘मार्चपास’ (तस्बिरहरू)

वकिलहरूले घेरे न्याय परिषद्‍को सचिवालय (तस्बिरहरू)

अन्तर्राष्ट्रिय

हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो

इजरायली सेनाले हमासद्वारा बन्धक बनाइएका ६ जनाको शव भेटिएको जनाएको छ । इजरायली सेना (आईडीएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् ।

आईडीएफका अनुसार मारिएका बन्धकहरूको नाम कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग-पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सर्जेन्ट ओरी डानिनो रहेको छ ।

बन्धकहरूको शव फेला परेपछि नेतान्याहुले भने- इजरायल चुप लागेर बस्दैन

रुसमा हेलिकप्टर दुर्घटनामा बेपत्ता १७ जनाको शव फेला

रुसको सीमा क्षेत्र र राजधानीमा युक्रेनको ड्रोन आक्रमण

खेलकुद..

एन्फा महिला लिग – कोशीको विजयी सुरुवात

एन्फा महिला लिगमा कोशी प्रदेश प्रदेशले विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

कोशीका लागि सञ्जुमाया तामाङले १० औं मिनेटमा, समिक्षा मगरले ५१ र ५९ मिनेट र प्रतिक्षा राईले ६८औं मिनेटमा गोल गरेका थिइन् ।

स्पेनिस ला लिगा : भालाडोलिडविरुद्ध बार्सिलोनाको ७ गोल

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : ०० बजे

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ

जग्गा/आवास विकाससँग सम्बन्धित व्यवस्था पुनरावलोकनका लागि कार्यदल गठन

काठमाडौं– शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका

अमेरिकामा मिल्टन आँधीको असर

काठमाडौं– केही दिनअघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा अहिले मिल्टन

पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोग बढ्यो

एजेन्सी– खराव धुवाँ अपर्याप्त सरसफाई, अस्वच्छ अवस्था र फोहोर व्यवस्थापन

उद्योग परिसङ्घबाट बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं– नेपाल उद्योग परिसङ्घले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो