आईजीपीबारे विवादित भनाइपछि प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई सचेत गराए « Khabarhub

आईजीपीबारे विवादित भनाइपछि प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई सचेत गराए


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकबारे पोखरामा शनिबार दिएको अभिव्यक्तिले विवादमा परेका छन् । उनको अभिव्यक्तिको आलोचना भइरहेको छ ।

शनिबार प्रेस चौतारीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले प्रहरी समायोजनसम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनेका थिए ।

यसलाई लिएर मन्त्रालयको नियमित रिपोर्टिङ गर्न पुगेका मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि विवादित विषय नबोल्न चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आफूलाई प्रधानमन्त्री ओलीले सचेत गराएको जानकारीदिए

‘मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो, गराएँ । त्यही क्रममा प्रधानमन्त्रीले पोखरामा बोलेको बिषयको सन्दर्भबारे सोध्नुभयो । मैले जानकारी गराएँ,’ उनले भने ।

भाषा प्रयोग गर्दा विवादमा आउनेगरी नबोल्न आफूलाई प्रधानमन्त्रीले सचेत गराएको उनले बताए । मन्त्री गुरुङले आफूले पनि त्यसबारे महशुस गरेको बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ७ : ०५ बजे

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण

मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व अवस्था, १७ जनाको मृत्यु

दमौली– तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान

राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला 

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई