नेप्से परिसूचक २५०० नजिक, कारोबार ६ अर्ब माथि « Khabarhub

नेप्से परिसूचक २५०० नजिक, कारोबार ६ अर्ब माथि


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० नजिक पुगेको छ । आज नेप्से २२.७३ अंकले घटेसँगै नेप्से परिसूचक २५०० नजिक पुगेको हो । 

आज नेप्से ०.८६ प्रतिशतले घटेर २६१०.२१ विन्दुमा आएको छ । नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

बुधबार १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर कारोबार हुँदा ६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३१७ वटा कम्पनीको शेयर ८७ हजार ३६ पटक किनबेच भएको छ । बुधबार १३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूह घटेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ०.४३ प्रतिशतले बढेर ३ हजार ३०४.८६ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह १.८७ प्रतिशतले घटेर १२ हजार ७२५.३८ विन्दुमा आएको छ ।

त्यस्तै, निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले र ट्रेडिङ समूह ०.१६ प्रतिशतले बढेको छ । साथै, वाणिज्य बैक समूह ०.९३ प्रतिशतले, विकास बैंक, १.०२ प्रतिशतले, होटल एण्ड टुरिजम ०.६० प्रतिशतले, हाइड्रो ०.९२ प्रतिशतले, लगानी १.१९ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.०१ प्रतिशतले, लघुवित्त ०.५४ प्रतिशतले, म्युचुआल फण्ड ०.४३ प्रतिशतले र अन्य समूह ०.६१ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ३ : १९ बजे

मलेसियामा हुने सिन्डिकेट र बिचौलिया अन्त्य गर्न प्रधानमन्त्री बालेनको एक्सन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच

यमन सङ्कट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

लन्डन– यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले

एसियाली खेलकुद : नेपाल थाइल्यान्डपछि पाकिस्तानसँग पराजित

काठमाडौं– जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको

प्रोटोकल तोड्दै प्रधानमन्त्री बालेन: भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

कास्की– विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले