नेप्से परिसूचक २५०० नजिक, कारोबार ६ अर्ब माथि « Khabarhub

नेप्से परिसूचक २५०० नजिक, कारोबार ६ अर्ब माथि


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५०० नजिक पुगेको छ । आज नेप्से २२.७३ अंकले घटेसँगै नेप्से परिसूचक २५०० नजिक पुगेको हो । 

आज नेप्से ०.८६ प्रतिशतले घटेर २६१०.२१ विन्दुमा आएको छ । नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

बुधबार १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर कारोबार हुँदा ६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३१७ वटा कम्पनीको शेयर ८७ हजार ३६ पटक किनबेच भएको छ । बुधबार १३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूह घटेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ०.४३ प्रतिशतले बढेर ३ हजार ३०४.८६ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह १.८७ प्रतिशतले घटेर १२ हजार ७२५.३८ विन्दुमा आएको छ ।

त्यस्तै, निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले र ट्रेडिङ समूह ०.१६ प्रतिशतले बढेको छ । साथै, वाणिज्य बैक समूह ०.९३ प्रतिशतले, विकास बैंक, १.०२ प्रतिशतले, होटल एण्ड टुरिजम ०.६० प्रतिशतले, हाइड्रो ०.९२ प्रतिशतले, लगानी १.१९ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.०१ प्रतिशतले, लघुवित्त ०.५४ प्रतिशतले, म्युचुआल फण्ड ०.४३ प्रतिशतले र अन्य समूह ०.६१ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ३ : १९ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न