पोखरा र भैरहवा विमानस्थल चलाउन पर्यटनमन्त्रीले खोजे भारत र चीनको सहयोग | Khabarhub Khabarhub

पोखरा र भैरहवा विमानस्थल चलाउन पर्यटनमन्त्रीले खोजे भारत र चीनको सहयोग


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न छिमेकी मुलुकहरूको बलियो सहयोग आवश्यक रहेको बताएका छन् ।

भारतको नयाँ दिल्लीमा बुधबारबाट सुरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनसम्मेलनको उद्घाटन सत्रलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

पोखरा विमानस्थल चीनको लगानीमा बनेको हो । उता भैरहवा विमानस्थल भारतको सीमाक्षेत्र नजिकै छ । तर यी दुई विमानस्थलमा दुवै देशको स्वार्थ र र भूराजनीतिक टकराव देखिँदा नेपालले सञ्चालन गर्न सकेको छैन । यस्तोमा पाण्डेल दुई विमानस्थल चलाउन भारत र चीनको साथ खोजेका हुन् ।

उनले आईकाओ तथा अन्य सदस्य मुलुकहरूलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न जोडदार रुपमा आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न नेपाल तयार रहेको बताएका छन् ।

‘हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरु अहिलेसम्म सर्टिफाइ भई सकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौ । यसबाट पनि हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिवद्धता स्पष्ट हुने छ’, उनले भने ।

मन्त्री पाण्डेले नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा छिमेकीहरूको सहयोगका लागि विशेष जोड दिए । ‘यी दुई विमानस्थलहरुको प्रभावकारी सञ्चालनका लागि नेपालले तपाईंहरू सबैको र विशेष गरी छिमेकी देशहरुको बलियो सहयोगको अपेक्षा गरेको छ’, उनले भारत र चीनको नाम नलिई भने ।

नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धि प्रति प्रतिवद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम (यूएसओएपी) कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्ममा उच्च तथा विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धी हासिल गरेको पाण्डेले स्मरण गरे ।

‘सन् २०२२ को अडिटमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अङ्क हासिल गरेको गरेको कुरा यहाँ जानकारी गराउन पाउँदा म हर्षित छु’, उनले भने, ‘नेपालले ग्लोबल एभियशन सेफ्टिी प्लानका मुख्य सिद्धान्तहरुलाई नेशनल सेफ्टिी प्लानमा सफलतापूर्वक एकीकृति गराइ सकेको छ ।’

सुरक्षित र लचिलो उड्डयन पूर्वाधारहरु उड्डयन क्षेत्रको सुधारका लागि आधारभूत कुराहरू भएको उनले उल्लेख गरे । ‘यस क्षेत्रको हवाई सुरक्षा मजबुत बनाउन आइकाओका सदस्य मुलुकहरुबीच थप सहयोग सझेदारीको माग गर्छ । तसर्थ म पुनः क्षेत्रीय सहयोगमा जोड दिन्छु जसले गर्दा सुरक्षित र दीगो उड्डयन तर्फको हाम्रा साझा प्रतिवद्धताबाट हरेक देश लाभान्वित हुन सकुन्’, उनले भने ।

आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे मंगलबार भारत गएका थिए । बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गरेका हुन् । एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले भएको सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा ४१ देशका २५० भन्दा बढी प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : ५१ बजे

मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै

सिन्धुपाल्चोक– मेलम्चीको पानी आजदेखि काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण

तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै

कास्की– पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही

प्रभावकारी बन्दै होमियोप्याथी उपचार

काभ्रे घर भइ काठमाडौं बौद्ध बस्दै आएका ३२ वर्षीय सागर

तरकारीमा सस्तो स्कुस र मुला : के को मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युक्रेन र लेबनान युद्ध अन्त्यको पक्षमा ह्यारिस

न्युयोर्क – मध्यपूर्वमा जारी अशान्त अवस्थाले अमेरिकी निर्वाचनमा समेत प्रभाव