मंगलीले ल्याइन नयाँ गीत ‘साँच्चै भन त’ (भिडियो) « Khabarhub

मंगलीले ल्याइन नयाँ गीत ‘साँच्चै भन त’ (भिडियो)


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री तथा मोडल रजनी गुरूङ ‘मंगली’ को ‘साच्चै भन त !’ शीर्षकको म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।

खेम सेञ्चुरी र मेलिना राईको स्वरमा रहेको उक्त गीत मंगली युटुब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत शिव हमालको रहेको छ । भिडिमा रजनीसहित पल शाह र विजय पुनले अभिनय गरेका छन् । भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो ।

रजनीले केही फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनयसमेत गरेकी छन्। टलकजंग भर्सेस टुल्के, मट्टीमाला, साली कसको भेनाको, महाजात्रालगायतका फिल्ममा उनको अभिनय देख्न सकिन्छ ।

उनले अभिनय गरेका कहाँको साइनो, सोल्टी बजारलगायत गीत चर्चित छन् । ‘मंगली’ उपनाम भने उनले हास्य सिरियल ‘मेरी बास्सै’बाट पाएकी हुन्। यो सिरियलमा बुद्धि तामाङ हैटको जोडीका रूपमा रजनीले मंगलीको भूमिका निभाएकी छन् ।

आफ्नो प्रस्तुतिमा पहिलो पटक गीत ल्याएकी उनले यसमा भरपूर मेहनत गरिएको बताइन्। ‘यो फरक शैलीको तर मौलिक गीत हो,’ उनले भनिन् ‘दर्शकहरूले रूचाउने विश्वास छ ।’

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ९ : ४३ बजे

सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग

काठमाडौँ – सरकारले सरकारी विधेयक तर्जुमाको सम्पूर्ण जिम्मेवारी नेपाल कानून

लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

लमजुङ– पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु

निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ – यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन