मंगलीले ल्याइन नयाँ गीत ‘साँच्चै भन त’ (भिडियो) « Khabarhub

मंगलीले ल्याइन नयाँ गीत ‘साँच्चै भन त’ (भिडियो)


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री तथा मोडल रजनी गुरूङ ‘मंगली’ को ‘साच्चै भन त !’ शीर्षकको म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।

खेम सेञ्चुरी र मेलिना राईको स्वरमा रहेको उक्त गीत मंगली युटुब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा शब्द, संगीत शिव हमालको रहेको छ । भिडिमा रजनीसहित पल शाह र विजय पुनले अभिनय गरेका छन् । भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो ।

रजनीले केही फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनयसमेत गरेकी छन्। टलकजंग भर्सेस टुल्के, मट्टीमाला, साली कसको भेनाको, महाजात्रालगायतका फिल्ममा उनको अभिनय देख्न सकिन्छ ।

उनले अभिनय गरेका कहाँको साइनो, सोल्टी बजारलगायत गीत चर्चित छन् । ‘मंगली’ उपनाम भने उनले हास्य सिरियल ‘मेरी बास्सै’बाट पाएकी हुन्। यो सिरियलमा बुद्धि तामाङ हैटको जोडीका रूपमा रजनीले मंगलीको भूमिका निभाएकी छन् ।

आफ्नो प्रस्तुतिमा पहिलो पटक गीत ल्याएकी उनले यसमा भरपूर मेहनत गरिएको बताइन्। ‘यो फरक शैलीको तर मौलिक गीत हो,’ उनले भनिन् ‘दर्शकहरूले रूचाउने विश्वास छ ।’

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ९ : ४३ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष