माओवादी सांसदले राष्ट्रिय सभा बैठकमै लगाइन् ‘जनयुद्ध’ जिन्दावादको नारा « Khabarhub

माओवादी सांसदले राष्ट्रिय सभा बैठकमै लगाइन् ‘जनयुद्ध’ जिन्दावादको नारा


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन अवस्थामा नेकपा माओवादी नेतृत्वमा भएको १० वर्ष लामो सशस्त्र संघर्षलाई जनयुद्ध या हिंसा भन्ने विवाद चर्किरहेका बेला राष्ट्रिय सभाको बैठकमा नारा नै लागेको छ ।

गत भदौ १३ गतेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सचिव एवम् सांसद योगेश भट्टराईले सशस्त्र युद्धलाई हिसा भनेका थिए ।

योगेशको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन काम गर्दै माओवादी केन्द्रले संसद्‍मा अवरोध गरिरहेको छ ।

आइतबार दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठक उक्त विवादले दिउँसो सवा ३ बजेसम्मलाई सरेको छ ।

विवादबीच राष्ट्रिय सभा बैठकमा माओवादी केन्द्रकी सांसद रेणु चन्दले जनयुद्धलाई अवमूल्यन नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएकी छन् ।
बैठकमा बोल्दै चन्दले जनताले गरेको क्रान्तिलाई हिंसाको संज्ञा नदिन ओलीसहित एमाले नेताहरूलाई चेतावनी दिइन् ।

‘हुन त गाली दिँदैमा जनयुद्धको महानता कम हुँदैन । गुलाबलाई गोपीको फूल भन्दैमा त्यसको गुण हराउँदैन’, उनले भनिन्, ‘जनयुद्धलाई हिंसात्मक भन्नुस्, तर त्यसको महानता कम हुँदैन ।’

उनले त्यक्रममा महान जनयुद्ध जिन्दावाद भन्दै रोष्ट्रममै उभिएर नारा पनी लगाएकी छन् ।

‘हिंसा कसले गर्‍यो ? जनप्रतिनिधिले टेबल ठटाएर संकटकाल लगाउनु हिंसा गरेको हो कि जनसेवा गरेको हो ?’, उनले भनिन्, ‘आन्दोलनमा लागेका मान्छेको टाउकाको मोल तोक्ने हिंसा हो । जनयुद्ध महान थियो र रहिरहने छ । महान जनयुद्ध जिन्दावाद !’

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ४ : ०९ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक