पुरानो साख जोगाउने प्रयासमा सिंहदरबार वैद्यखाना | Khabarhub Khabarhub

पुरानो साख जोगाउने प्रयासमा सिंहदरबार वैद्यखाना


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभिन्न विवादका कारण बन्द हुने अवस्थामा पुगेको सिंहदरबार वैद्यखाना गुमेको साख जोगाउने प्रयासमा लागेको छ। कुनै समय कच्चा पदार्थ संकलन गरेर एक सय ५० भन्दा बढी प्रकारका औषधी उत्पादन गर्दै आएको सिंहदरबार वैद्याखानामा २०८० असोज २२ गते वैद्यखाना विकास समिति विघटन भएपछि उत्पादन ठप्प रहेको थियो। अहिले केही औषधीको उत्पादन भइरहेको सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा.प्रदीप केसीले बताए।

खबरहबसँग कुरा गर्दै डा.केसीले भने, ‘विकास समितिलाई पूर्णता दिने काम सरकारको हो। त्यो सरकाले नै गर्छ, अहिले स्वास्थ्य मन्त्रालयबाट प्राप्त बजेटबाटै औषधी उत्पादनका लागि कच्चा पदार्थ खरिद प्रक्रिया तथा केही औषधीको उत्पादन र बिक्री वितरण पनि भइरहेको छ।’

उनका अनुसार विगतको भन्दा यस आर्थिक वर्षमा बजेट बढेको छ। अब चाँडै वैद्यखाना पहिलेकै अवस्थामा फर्काउने प्रयास गर्ने उनको विश्वास छ। चार सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखाना अहिले शून्यबाटै सुरु गर्नुपर्ने अवस्था आएकाले उत्पादन तथा बिक्री वितरणमा पनि चुनौती रहेको वरिष्ठ मार्केटिङ म्यानेजर ऋषिराज रेग्मी बताउँछन्।

खबरहबसँग कुरा गर्दै रेग्मीले भने, ‘हामीले यहाँको उत्पादन डिलर र सरकारी निकायमा पठाउने हो। उत्पादन लामो समय बन्द हुँदा वैद्यखानाप्रति सेवाग्राहीको विश्वास गुमेको छ।’

उत्पादनको अवस्था र आगामी योजना
वैद्यखानाले यस आर्थिक वर्षमा २९ प्रकारका औषधी १५ हजार १८१ किलोग्राम उत्पादन गर्ने लक्ष्य लिएको छ। यसैगरी १६ प्रकारका रसजन्य २८३ किलोग्राम औषधी उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ।

त्यस्तै मल्हम, तेल, पाक, अरिष्ठलगायत १९ प्रकारका २६ हजार एक सय किलोग्राम औषधी उत्पादन गर्ने लक्ष्य लिएको छ। यस आर्थिक वर्षमा कूल आठ करोड ३९ लाख बिक्री लक्ष्य वैद्यखानाले राखेको छ। त्यसका लागि आर्थिक सुनिश्चितता आवश्यक पर्ने वैद्यखानाले बताएको छ।
जसको सुरुवात भइसकेको र हाल वैद्यखानामा सिलाजित, त्रिफला चुर्ण, मिमियाँ, षडबिन्दु तेल, सितरस, च्यवनपरास लगायत ३०–३५ प्रकारका औषधी उत्पादन भइरहेको वैद्यखानाका उत्पादन अधिकृत हरिदेव यादवले बताए।

खबरहबसँग कुरा गर्दै डा. यादवले भने, ‘औषधी उत्पादनको काम सुरु भएको छ। अब चाँडै पहिलेकै अवस्थामा पुर्याउने प्रयासमा छौं। तर विकास समिति नहुँदा केही काममा अप्ठेरो भएको छ। तर बिगतको जस्तो सेवाग्राही आउँदा खाली हात फर्काउनुपर्ने अवस्था छैन।’ उत्पादन सुरु भएपछि बिक्री कक्षामा पनि दैनिक सेवाग्राहीले औषधी पाइरहेको उनले बताए।

सिंहदरबार वैद्यखानालाई कति छ बजेट ?
आर्थिक वर्ष २०८१/०८२ का लागि चार करोड १४ लाख बजेट प्राप्त भएको वैद्यखानाले जनाएको छ। यस्तै कच्चा पदार्थ खरिदका लागि आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड सात लाख प्राप्त भएको छ।

यो बजेट गत आर्थिक वर्षको भन्दा तीन गुणा भन्दा बढी हो। ‘यो बजेट पर्याप्त होइन तर यसको अधिकतम उपयोग गरेर उत्पादन बढाउने र खर्च उठाउने गरी काम गर्नेछौँ। काम गरेर देखाएपछि वैद्यखानालाई हेर्ने राज्यको नजर बदलिन्छ भन्ने विश्वास लिएका छौँ,’ डा. यादवले भने।

वैद्यखाना विकासको लागि सरकारले गर्नुपर्ने काम
नेपालको आयुर्वेद क्षेत्रमा लामो इतिहास बोकेको सिंहदरबार बैद्यखानाको व्यवस्थापन तथा औषधी उत्पादनलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उत्पादन अधिकृत यादव बताउँछन्। देशका ७ वटै प्रदेशमा अस्पतालको सुविधा भए जस्तै वैद्यखानाको विकास पनि सबै प्रदेशमा गर्नुपर्ने उनको भनाइ छ।

नेपाल जडिबुटीका लागि धेरै सम्भावना भएको देश हो र यहाँ संसारमा कतै नपाइने तर महत्त्वपूर्ण औषधीय मूल्य भएका यार्सागुम्बा, चिराइतो, पाँचऔँले, जटामसी लगायत हजारौँ जडिबुटी पाइन्छन्। तर तिनको सही सदुपयोग गरी औषधी निर्माण गर्न सकिएमा नेपालले औषधीका लागि अरबौँ रुपैयाँ विदेशमा खर्च गर्नुनपर्ने वैद्यखानाका एक कर्मचारीले बताए। एलोपेथिक जस्तै आयुर्वेद क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

सिंहदरबार वैद्यखानाको उत्पादन ठप्प, घाम तापेर दिन बिताउँछन् कर्मचारी

सिंहदरबार वैद्यखाना धरासायी बन्नुको कारण विकास समिति

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १० : ०२ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले