विपन्न नागरिकको निःशुल्क बीमा | Khabarhub Khabarhub

विपन्न नागरिकको निःशुल्क बीमा


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ ।

विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाका साथै विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए ।

उनका अनुसार पालिकाले विपन्न नागरिकका लागि ३० लाख र महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि तीन लाख बजेट विनियोजन गरेको छ ।

यस वर्ष गाउँपालिकाले नौ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ । विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमबाट चार हजार पाँच सय जना लाभान्वित हुने पालिकाले जनाएको छ । वडा कार्यालयबाट अहिले विपन्न नागरिकको विवरण सङ्कलन भइरहेको छ ।

वडा कार्यालयमा प्राप्त हुन आउने निवेदनमा गाउँ कार्यपालिकाको बैठकबाट छनोट गरेर एक वर्षको लगानीमा स्वास्थ्य बीमा गरिने गाउँपालिकाले जनाएको छ ।

पाँच जनाको परिवारले वार्षिक तीन हजार पाँच सय तिरेपछि एक वर्षसम्मलाई एक लाखसम्मको उपचार सेवा पाउनेछन् । यस्तै पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिव्यक्ति सात सय थप हुनेछ भने उनीहरूले थप २० हजार बराबरको उपचार सेवा पाउनेछन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ९ : २७ बजे

होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौं – होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

भक्तपुरमा स्कर्पियो दुर्घटना, आठ जना घाइते

भक्तपुर – भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका

मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा

झापा – चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप

नेपाल युगाण्डासँग पनि पराजित, सकियो फाइनलको सम्भावना

काठमाडौं – नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको