काठमाडौंमा नेपाल र भारतका कलाकारका कलाकृति प्रदर्शनी | Khabarhub Khabarhub

काठमाडौंमा नेपाल र भारतका कलाकारका कलाकृति प्रदर्शनी


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र भारतीय राजदूतावासको संयुक्त आयोजनामा काठमाडौंको नक्सालमा दुवै देशका कलाकारका कलाकृति प्रदर्शनी सुरु भएको छ ।

‘रामायणः साझा धरोहर’ शीर्षकको प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरे ।

उनीहरूले यस्ता कला प्रदर्शनीले २ देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताए । सो क्रममा उनीहरूले प्रदर्शनीको अवलोकनसमेत गरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पछिल्लो समयमा विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्न थालिएको बताए ।

उनले यसबाट संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यस्ता प्रदर्शनीनले एकअर्काको कला सिर्जनाको सिकाइ समेत आदानप्रदान हुने र संस्कृति बुझ्ने मौका समेत मिल्ने उनले बताए ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले प्रतिष्ठानले देशभित्रै र विदेशमा समेत आफ्नो गतिविधि फैलाउँदै लगेको बताए। यसले ललितकला क्षेत्रलाई रूपान्तरण गर्ने योजना सार्थक बन्दै गएको उनको दाबी थियो ।

असोज १४ गतेसम्म हुने प्रदर्शनीमा नेपाली ४ कलाकारका ५ कलाकृति र भारतका ३० कलाकारका ४२ कलाकृति राखिएका छन् ।

भारतीय कलाकार गार्गी सेठ क्युरेटर तथा डाइरेक्टर रहेको प्रदर्शनीमा कलाकारले रामायण सम्बन्धी चित्र सिर्जना गरेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ०३ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट