काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार : गृहमन्त्री « Khabarhub

काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार : गृहमन्त्री


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन्।

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाण्डौ उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्धार गरेको जानकारी दिए।

‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।’ गृहमन्त्री लेखकले भने–’मुलुकमा ठुलो विपद्को स्थिति आएको छ ।’

उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए।

‘ठुलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ उनले भने–’ उद्धार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ ।’

वर्षाका कारण काठमाडौं भित्र सडकहरू अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्वन्धीत निकायलाई निर्देशन समेत दिए।

‘विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र परिचालन भएको छ ।’ उनले भने– ‘बाढी, पहिरो लगायत विपद सम्बन्धी पूर्व सूचना जारी गर्ने काम पनि हुँदै आएको छ ।’

उनले अवस्था सामान्य रुदै गएपछि विस्थापितलाई पुर्नस्थापनाको लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो । उनले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोष्ट’ २४ सै घण्टा सक्रिय बनाइने बताए।

‘ खराब मौसमका कारण पनि कतिपय स्थानबाट हवाइ उद्धारमा समेत समस्या भयो ।’ उनले भने–’स्थलगत रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार, सूचना सङ्कलनमा राष्ट्रिय अनुसन्धान विभाग र हेलिकप्टरबाट नेपाली सेनाले निगरानी र उद्धार गर्नेगरी सुरक्षा निकाय परिचालन भएको छ ।’

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : ०९ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि