बाढी–पहिरोमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय « Khabarhub

बाढी–पहिरोमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ । 

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढी–पहिरोमा ज्यान गुमाएका नागरिकलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । 

बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रकोपमा ज्यान गुमाएका सबै नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ज्यान गुमाएका नागरिकका आफन्तलाई दिनुपर्ने क्षतिपूर्तिको प्रबन्ध गर्ने निर्णय गरेको जानकारी दिए । 

उनले घाइतेहरूको निःशुल्क उपचार गर्ने र अवरुद्ध सडकहरू अविलम्ब खोल्नका लागि यातायात मन्त्रालयले पहल गर्ने निर्णय भएको पनि बताए । सरकारका प्रवक्ता गुरुङले लगातारको वर्षाका कारण सिर्जना भएको समस्याका कारण विभिन्न संकायका परीक्षाहरू स्थगित निर्णय गरेको पनि जानकारी दिए । 

उनले बाढी–पहिरोले अवरुद्ध टेलिफोन, बिजुली, खानेपानीलगायत सुचारूका लागि सम्बन्धित मन्त्रालयलाई आ–आफ्नो ठाउँबाट समन्वयात्मक ढंगले समस्या समाधानका लागि पहल गर्ने पनि निर्णय भएको बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ५० बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित