बाढीपहिरोबारे प्रधानमन्त्रीको जवाफ : विरोधका लागि विरोध नगरौँ, सरकारले सक्दो कोसिस गर्दैछ « Khabarhub

बाढीपहिरोबारे प्रधानमन्त्रीको जवाफ : विरोधका लागि विरोध नगरौँ, सरकारले सक्दो कोसिस गर्दैछ


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार काठमाडौं उपत्यकासहितका क्षेत्रमा आएको बाढीपछिको उद्धार र राहत प्रक्रियामा सरकारले सक्दो कोसिस गरिरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिएर सोमबार काठमाडौं आएपछि सञ्चारकर्मीसँगको सवाल-जवाफमा उनले यस्तो बताएका हुन् ।

‘म फर्केर आएँ । विपद्को बेला सरकारको भूमिका देखिएन भन्ने सुनेँ । विरोधका लागि विरोध मात्रै नगरौँ । सरकारले गर्नेसम्मको प्रयास गरेको छ’, उनले भने, ‘सेना-प्रहरी खटाएको छ, उद्धार र राहत अभियान चलिरहेको छ । हामीले बाढी आउने कुरा रोक्न सकिँदैन थियो ।’

उनले बाढी-पहिरो पनि पूर्वसूचना दिएर नजाने बताउँदै सरकारले तदारुकताका साथ राहत पुर्‍याउने काममा लागेको पनि उनले बताएका छन् ।

‘म बाहिर हुँदा पनि मैले यस कामबारे सूचना लिइरहेको थिएँ । सरकारी निकायलाई पनि मैले निर्देशन गरेको छु । यस्तो संवेदनशील बेलामा सबै मिलेर चल्नु वाञ्छनीय हुन्छ’,उनले भने, ‘अब म आएँ, सरकारको भूमिका अझ प्रभावकारी हुन्छ । राहत र उद्धारलाई गति दिन्छौँ ।’

उनले मौसम पूर्वानुमान महाशाखाले बाढी-पहिरो आउने बताए पनि कुन ठाउँमा आएर क्षति गर्ने भन्ने पूर्वानुमान कसैले गर्न नसक्ने पनि बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : १४ बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार