इजरायली लडाइँ र अमेरिकी अर्थतन्त्रले बढायो सुनचाँदीको भाउ « Khabarhub

इजरायली लडाइँ र अमेरिकी अर्थतन्त्रले बढायो सुनचाँदीको भाउ


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पश्चिम एसियाली देश इजरायलले बहुमोर्चामा लडिरहेको लडाइँ र केही बलियो बनेको अमेरिकी अर्थतन्त्रले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढाएको छ ।

अघिल्लो साताजस्तै यो साता पनि विश्वबजारमा बहुमूल्य धातु सुनचाँदीको भाउले रेकर्ड कायम गरेको हो । साताको पछिल्लो कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यले रेकर्ड नै कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा द्वन्द्व र हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको प्रभावले
सुनचाँदीजस्ता बहुमूल्य वस्तुको भाउ बढेको हो । शुक्रबार बिहान सार्वजनिक तथ्याङ्कअनुसार अमेरिकी अर्थतन्त्र मजबुत हुनुका साथै त्यहाँ रोजगारीको अवस्थामा समेत सुधार देखिएको छ ।

नेपाली बजारमा साताको पहिलो दिन आइतबार १ लाख ३७ हजार ६ सय ९० रुपैयाँ रहेको प्रति १० ग्राम सुनको मूल्य साताको दोस्रो दिन र तेस्रो दिन सामान्य घटेको थियो ।

तर, चौथो दिन बुधबारदेखि बढ्न शुरु भई साताको छैटौं दिन शुक्रबार प्रति १० ग्राम १ लाख ३८ हजार २९० रुपैयाँ पुग्यो । यो हालसम्मकै उच्च मूल्य रेकर्ड हो । यो मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ६०० रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि रेकर्ड कायम गर्‍यो। साताको पहिलो दिन आइतबार प्रति १० ग्राम सुनको मूल्य एक हजार ६६७ रुपैयाँ ५० पैसा थियो । साताको पछिल्लो कारोबार दिन शुक्रबार प्रति १० ग्राम सुनको मूल्य १ हजार ६९७ रुपैयाँ ५०
पैसा कायम भई उच्च रेकर्ड बनेको हो ।

यो पनि-

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : १७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर