३ वर्षको सेवा-सुविधाबापतको १५ लाख बाढीपहिरो प्रभावित पालिकालाई « Khabarhub

३ वर्षको सेवा-सुविधाबापतको १५ लाख बाढीपहिरो प्रभावित पालिकालाई


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो सेवा–सुविधाबापत आउने रकम बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका छन् । 

उनले आफ्नो सेवासुविधाबापत तीन वर्षमा आउने सेवा–सुविधाबापतको १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन् ।

नगर प्रमुख खरेलले कार्यपालिका बैठकबाट आधिकारिक निर्णय गराएर आफ्नो तीन वर्षको नगरबाट प्राप्त हुने १५ लाख रुपैयाँ बाढीपहिरोबाट क्षतिग्रस्त जिल्लाका स्थानीय तहहरूलाई राहत स्वरूप सहयोग गर्ने घोषणा गरेको बताए । 

‘पाँचखाल नगरभन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले उनीहरूलाई सानो भए पनि सहयोग होस् भनेर यो निर्णय गरेको हँ,’ नगर प्रमुख खरेलले भने । 

बाढीपहिरोले काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसाय लगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  २ : १३ बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२