नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती | Khabarhub Khabarhub

नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि-२० सिरिज अन्तर्गत अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।

अमेरिकाविरुद्ध नेपालका ओपनर अनिल शाह र आशिफ शेखले समान २७/२७ रन बनाए। शाहले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शेखले २७ बलमा चार चौका हिर्काए।

तेस्रोक्रममा आएका कुशल भुर्तेल १३ बल खेल्दै १० रनमा आउट भए भने आक्रामक ब्याटिङ सुरु गरेका गुल्सन झा सात बलमा १ छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए।

नेपालका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले सम्हालिएर ब्याटिङ गर्दै अमेरिकाविरुद्ध सम्मानजनक योगफल तयार पारेका हुन्। कप्तान पौडेलले ३३ बलको सामना गर्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन जोडे ।

कप्तान पौडेलले एक रनले अर्धशतक प्रहार गर्न चुकेको खेलमा ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे । त्यसपछिका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् ।

१९ औं र २० औं ओभरमा नेपालको ब्याटिङ लाइन टिक्न सकेन । करण केसी र आरिफ शेख शून्यमा आउट हुँदा सोमपाल कामीले मात्र दुई रन जोड्न सके । नेपालको ब्याटिङ लाइन ध्वस्त पार्न अमेरिकाका लागि सौरभ नेत्रावलकर, जसदीप सिंहर हरमित सिंहले समान दुईदुई विकेट लिए ।

१६५ रनको चुनौती पाएको अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : २५ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री