इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश : हिजबुल्लाह « Khabarhub

इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश : हिजबुल्लाह


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं हिजबुल्लाहले इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश गरेको जनाएको छ। हिजबुल्लाहले इजरायलले दक्षिणी लेबनानमा जमिन आक्रमण सुरु गरे पछि ५५ इजरायली सेना मारिएको दाबी गरेको छ । साथै ५०० इजरायली सेना घाइते भएको दाबी समेत गरिएको छ । 

इजरायलले यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । हमास नेता याया सिनावरको मृत्युबारे भने हिजबुल्लाहले अझै औपचारिक धारणा बाहिर ल्याएको छैन । 

बिहीबार नै इजरायल डिफेन्स फोर्स (आइडिएफ)ले ५ जना सेना दक्षिणी लेबनानमा भएको सैन्य अपरेसनको क्रममा मारिएको जनाएको छ । 

समाचारमा जनाइए अनुसार अहिले सिनवार मारिएकै स्थानमा गत महिना ६ बन्दीको शव फेला परेको नजिकै अहिले उनी मारिएको हो । गत वर्ष देखि नै अमेरिकी विशेष अपरेसनले बन्दीको ट्रयाक गर्ने क्रममा हमास नेता पत्ता लगाउन सहयोग भएको हो । मारिने समयमा उनी उत्तरी लेबनानको रफाहाबाट उत्तर तर्फ जाने प्रयासमा थिए । 

यसै गरी बुधवार लेबनानमा भएको आक्रमणमा ४५ जना मारिएको इजरायलले जनाएको छ ।  गाजा र लेबनानमा जनजीवन झनै कठिन बनी रहेको छ । बिहीबार गाबल्य शरणार्थी शिविरमा समेत आक्रमण भए पछि लेबनानको स्वास्थ्य संयन्त्र नै पुरै असफल भएको छ ।

 त्यहाँ शल्यक्रिया गर्न सक्ने एक मात्र अस्पताल अमल अवदान अस्पतालले पनि भार थेग्नै नसक्ने भएको जनाएको छ । अब सफियन स्कुलमा भएको आक्रमणमा २२ जना मर्नुको साथै १५० जना घाइते भएका थिए । 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : ४६ बजे

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार