सङ्घीय संरचनालाई अधिकार सम्पन्न बनाउनुपर्छ : भट्टराई « Khabarhub

सङ्घीय संरचनालाई अधिकार सम्पन्न बनाउनुपर्छ : भट्टराई


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कास्की । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अल्पविकसित देशमा निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित समृद्धिको आधारः बाटो र उद्योग–व्यापारसम्बन्धी परिसंवाद कार्यक्रममा उनले राज्य र बजारको सम्बन्ध राम्रो हुन सक्यो भने अर्थतन्त्र केही वर्षमा नै उकालो लाग्ने तर्क गरे ।

“जलस्रोतको धनी देश नेपालमामा विद्युत्, कृषि, उद्योग, पर्यटन र पूर्वाधार क्षेत्रको विकास गर्दै आर्थिक क्रान्ति गर्न आवश्यक छ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “जबसमम हामीले प्राविधिक शिक्षालाई प्रमुख प्राथामिकताको विषय बनाउँदैनौँ तबसम्म नेपालको विकास हुन सक्दैन ।”

रोजगारीकै लागि नेपाली युवा विदेश जाने क्रम दिनप्रतिदिन बढ्दो सङ्ख्यामा रहेकाले युवालाई नेपालमा नै रोक्न सरकारले स्वरोजगारमूलक कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा भट्टराईले नेपालको समृद्धि हुन नसक्नुमा भौगोलिक कारण पनि एक भएको उल्लेख गर्दै सङ्घीय संरचनालाई अधिकार सम्पन्न बनाउँदै विकासलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले नेपालको आर्थिक समृद्धिका लागि राजनीतिक अस्थिरता पनि बाधक रहेको र पछिल्लो समय दुई ठूला दल मिलेर त्यसलाई रोक्ने काम भएको बताए ।

उहाँले प्रदेश सरकार सडक सञ्जाल, कृषि उत्पादन र पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिँदै अगाडि बढेको उल्लेख गरे । “भारतीय धार्मिक पर्यटकका लागि मुस्ताङको मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड जाने सडक सहज बनाउनुपर्नेछ । पोखरालाई पर्यटन र व्यापारिक केन्द्रका रूपमा विकास गर्न पोखरादेखि त्रिवेणी र पोखरादेखि मुस्ताङको कोरला नाकासम्म सडक निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ”, मन्त्री गुरुङले भने ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आर्थिक समृद्धिका लागि पुँजीको विकास र लगानीको क्षेत्र खोजी गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । कार्यक्रम पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ५७ बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको