सङ्घीय संरचनालाई अधिकार सम्पन्न बनाउनुपर्छ : भट्टराई | Khabarhub Khabarhub

सङ्घीय संरचनालाई अधिकार सम्पन्न बनाउनुपर्छ : भट्टराई


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कास्की । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अल्पविकसित देशमा निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित समृद्धिको आधारः बाटो र उद्योग–व्यापारसम्बन्धी परिसंवाद कार्यक्रममा उनले राज्य र बजारको सम्बन्ध राम्रो हुन सक्यो भने अर्थतन्त्र केही वर्षमा नै उकालो लाग्ने तर्क गरे ।

“जलस्रोतको धनी देश नेपालमामा विद्युत्, कृषि, उद्योग, पर्यटन र पूर्वाधार क्षेत्रको विकास गर्दै आर्थिक क्रान्ति गर्न आवश्यक छ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “जबसमम हामीले प्राविधिक शिक्षालाई प्रमुख प्राथामिकताको विषय बनाउँदैनौँ तबसम्म नेपालको विकास हुन सक्दैन ।”

रोजगारीकै लागि नेपाली युवा विदेश जाने क्रम दिनप्रतिदिन बढ्दो सङ्ख्यामा रहेकाले युवालाई नेपालमा नै रोक्न सरकारले स्वरोजगारमूलक कार्यक्रम ल्याउन आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा भट्टराईले नेपालको समृद्धि हुन नसक्नुमा भौगोलिक कारण पनि एक भएको उल्लेख गर्दै सङ्घीय संरचनालाई अधिकार सम्पन्न बनाउँदै विकासलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले नेपालको आर्थिक समृद्धिका लागि राजनीतिक अस्थिरता पनि बाधक रहेको र पछिल्लो समय दुई ठूला दल मिलेर त्यसलाई रोक्ने काम भएको बताए ।

उहाँले प्रदेश सरकार सडक सञ्जाल, कृषि उत्पादन र पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिँदै अगाडि बढेको उल्लेख गरे । “भारतीय धार्मिक पर्यटकका लागि मुस्ताङको मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड जाने सडक सहज बनाउनुपर्नेछ । पोखरालाई पर्यटन र व्यापारिक केन्द्रका रूपमा विकास गर्न पोखरादेखि त्रिवेणी र पोखरादेखि मुस्ताङको कोरला नाकासम्म सडक निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ”, मन्त्री गुरुङले भने ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आर्थिक समृद्धिका लागि पुँजीको विकास र लगानीको क्षेत्र खोजी गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । कार्यक्रम पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ५७ बजे

पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

गण्डकी– ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक

कृषि सामग्री ढुवानी गर्न किसानलाई ठेलागाडा सहयोग

रामपुर– कृषि सामग्री ओसारपसारका लागि किसानलाई ठेला गाडा वितरण गरिएको

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी– परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको

विभिन्न राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा सडक