प्रथम त्रैमासिकमा वार्षिक लक्ष्यको १३ प्रतिशत राजस्व उठ्यो « Khabarhub

प्रथम त्रैमासिकमा वार्षिक लक्ष्यको १३ प्रतिशत राजस्व उठ्यो


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सप्तरी । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकमा सप्तरीस्थित राजविराज भन्सार कार्यालयले वार्षिक लक्ष्यको १३ दशमलव ०८ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । चालु आवमा रु आठ करोड ८१ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य राखेकामा कार्यालयले प्रथम त्रैमासिकमा रु एक करोड १५ लाख ३७ हजार मात्र राजश्व सङ्कलन गर्न सकेको हो ।

सुरुको तीन महिनामा रु दुई करोड ११ लाख २४ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । तर त्यसको ५४.६१ प्रतिशत मात्र राज्श्व उठ्न सकेको कार्यालयले जनाएको छ । साउनमा ६७ लाख २३ हजार मासिक लक्ष्य राखेकामा ३३ लाख ८८ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले जानकारी दिए ।

गत भदौमा रु ७३ लाख ५५ हजारमा १९ लाख ३८ हजार मात्र राजस्व उठेको थियो । भदौ महिनामा लक्ष्यको २६.३५ प्रतिशत मात्र राजश्व उठेको थियो । गत असोजमा रु ७० लाख ४६ हजार लक्ष्य राखेकामा रु ६२ लाख ११ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी भगतले जानकारी दिए। राजस्व सङ्कलनमा कमी आउनुको मुख्य कारण खुल्ला सिमानाका तथा भन्सार आउने मुख्य सडक नै बाढीले कटान हुनु रहेको उनले बताए ।

“एक त खुल्ला सीमानाका छ, अर्को यहाँ तीन सय मिटर अगाडि कार्यालय आउने मुख्य सडकमै जिता नदीको बाढीले कटान गरेको छ, गाडी आवतजावत पूर्ण रूपले ठप्प छ, यसले राजस्व सङ्कलनमा असर परेको छ,” उनले भने । गत आर्थिक वर्षमा रु ६ करोड ५० लाख ३४ हजार लक्ष्य लिएको भन्सार कार्यालयले रु आठ करोड सात लाख ४७ हजार राजस्व प्राप्त गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : ४४ बजे

मुआब्जा नपाएपछि स्थानीयबाट माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला

आज संसद् सेवा दिवस मनाइँदै

काठमाडौं– आज संघीय संसद सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

मेसी समर्थकले किन तोडफोड गरे भारतको रंगशाला ?

कोलकाता – भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी

एमाले महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र

एनपीएलः रोहितले कार जित्दा, अरू कुन खेलाडीले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग