प्रथम त्रैमासिकमा वार्षिक लक्ष्यको १३ प्रतिशत राजस्व उठ्यो « Khabarhub

प्रथम त्रैमासिकमा वार्षिक लक्ष्यको १३ प्रतिशत राजस्व उठ्यो


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सप्तरी । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिकमा सप्तरीस्थित राजविराज भन्सार कार्यालयले वार्षिक लक्ष्यको १३ दशमलव ०८ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । चालु आवमा रु आठ करोड ८१ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य राखेकामा कार्यालयले प्रथम त्रैमासिकमा रु एक करोड १५ लाख ३७ हजार मात्र राजश्व सङ्कलन गर्न सकेको हो ।

सुरुको तीन महिनामा रु दुई करोड ११ लाख २४ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । तर त्यसको ५४.६१ प्रतिशत मात्र राज्श्व उठ्न सकेको कार्यालयले जनाएको छ । साउनमा ६७ लाख २३ हजार मासिक लक्ष्य राखेकामा ३३ लाख ८८ हजार राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले जानकारी दिए ।

गत भदौमा रु ७३ लाख ५५ हजारमा १९ लाख ३८ हजार मात्र राजस्व उठेको थियो । भदौ महिनामा लक्ष्यको २६.३५ प्रतिशत मात्र राजश्व उठेको थियो । गत असोजमा रु ७० लाख ४६ हजार लक्ष्य राखेकामा रु ६२ लाख ११ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी भगतले जानकारी दिए। राजस्व सङ्कलनमा कमी आउनुको मुख्य कारण खुल्ला सिमानाका तथा भन्सार आउने मुख्य सडक नै बाढीले कटान हुनु रहेको उनले बताए ।

“एक त खुल्ला सीमानाका छ, अर्को यहाँ तीन सय मिटर अगाडि कार्यालय आउने मुख्य सडकमै जिता नदीको बाढीले कटान गरेको छ, गाडी आवतजावत पूर्ण रूपले ठप्प छ, यसले राजस्व सङ्कलनमा असर परेको छ,” उनले भने । गत आर्थिक वर्षमा रु ६ करोड ५० लाख ३४ हजार लक्ष्य लिएको भन्सार कार्यालयले रु आठ करोड सात लाख ४७ हजार राजस्व प्राप्त गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : ४४ बजे

राष्ट्रिय हित र स्वाभिमानमा केन्द्रित घोषणापत्र ल्याउनेछाैँ : ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेका उम्मेदवारहरूले जनताको मत जित्ने एजेण्डाका साथ निर्वाचनमा

नयाँ न्यायाधीश नियुक्ति नगर्न न्याय परिषद्‌मा आयोगको पत्र

काठमाडौं– निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नयाँ न्यायाधीश नियुक्ति गर्न

सक्रिय कलाकारलाई ‘हर्स राइड’ तालिम दिँदै बोर्ड, विजय र केकीलगायत सहभागी हुने

काठमाडौं – ‘समृद्ध चलचित्रका जगतका लागि दक्ष चलचित्रकर्मी’ बनाउने उद्देश्यका

तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

तनहुँ– यहाँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट साढे पैँतालीस करोड

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलामा प्रदर्शन

एजेन्सी– घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस