अन्नपूर्णमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य « Khabarhub

अन्नपूर्णमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूतिगृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्यचौकीमा प्रसूतिगृहको सेवा विस्तार गरेको हो ।

अन्नपूर्ण–४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरेर मापदण्डअनुसारको प्रसूतिगृह स्थापना गरेको जानकारी दिए ।

‘निलगिरिखोला जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रमको बजेटबाट निर्माण भएको भवनमा गाउँपालिकाले स्वास्थ्य सामग्री खरिद गरेर प्रसूतिगृह स्थापना गरेको हो’, उनले भने, ‘नारच्याङका महिला सुरक्षित प्रसूति सेवाका लागि गाउँ छाडेर जानुपर्ने समस्या हटाएका छौँ ।’

नारच्याङका गर्भवती यसअघि प्रसूति सेवाका लागि भुरुङ्ग तातोपानी स्वास्थ्यचौकी, बेनी अस्पताल र पोखराका अस्पतालमा जाने गरेका थिए ।

प्रसूतिगृह स्थापनाका लागि गाउँपालिकाले नारच्याङमा तालिमप्राप्त स्वास्थ्यकर्मी खटाउनुका साथै पछिल्लो कार्यपालिका बैठकले सूचीकृत गरेको थियो ।

प्रसूति गृहको दुईतले छकोठे भवन निर्माणका लागि निलगिरिखोला जलविद्युत् आयोजनाले २८ लाख ४९ हजार सात सय ३० सहयोग गरेको वडाध्यक्ष फगामीले जानकारी दिए ।

नारच्याङ स्वास्थ्यचौकी परिसरमा निर्माण भएको भवनको भुइँ तलामा प्रसूतिगृह स्थापना भएको छ । माथिल्लो तलाको तीनवटा कोठामा स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था मिलाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको १० लाख बजेटबाट प्रसूतिगृह सञ्चालनका लागि आवश्यक सामग्री खरिद र जडान गरिएको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताए । आठवटा वडा रहेको अन्नपूर्णको वडा नम्बर १ दोवा र वडा नम्बर ३ दानाबाहेकका स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ ।

जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन अन्नपूर्णलाई ‘होम डेलिभरी’ शून्य बनाइएको अध्यक्ष पुनले बताए ।

अन्नपूर्ण गाउँपालिकामा आर्थिक वर्ष २०८०८१ मा शतप्रतिशत ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका थिए । घरमै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ९ : २३ बजे

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा शुभारम्भ

जानकी– लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा

महाशिवरात्रिको तयारीस्वरूप पशुपति क्षेत्रमा सफाइ

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दु

निर्वाचनका लागि सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा

क्यान्सर उपचारमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले

सर्वसाधारणमाथि आक्रमण र दुर्व्यवहारले गाजाको मानवीय अवस्था गम्भीर संकटमा

गाजा– गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीहरूमाथि दुर्व्यवहार भएको