‘कार्बन व्यापार बजारमा सहभागी गराउँनुपर्छ’ « Khabarhub

‘कार्बन व्यापार बजारमा सहभागी गराउँनुपर्छ’


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्बन उत्सर्जन नगर्ने देशहरूलाई पर्याप्त मुआब्जा दिएर कार्बन व्यापार बजारमा सहभागी गराउनुपर्ने बताएका छन् । 

भारतको नयाँ दिल्लीमा आयोजित एशिया जलवायु सम्मेलन सम्बोधन गर्दै उनले कार्बन उत्सर्जनमा कुनै योगदान नै नगरेका नेपाललगायतका देशहरूले जलवायु प्रकोपहरूको असर झेल्नुपरेको बताए । 

जलवायु परिवर्तनले निम्त्याएको गम्भीर चुनौतीहरूको सामना गर्न, कार्बन बजार उत्सर्जन व्यवस्थापनको साधनमात्र नभएर दिगो र समावेशी भविष्यतर्फको न्यायपूर्ण रूपान्तरणको आधारशीला बन्नुपर्ने थापाको भनाइ थियो । 

उनले कार्बन बजारको विस्तारले जलवायु जोखिममा रहेका राष्ट्रहरूलाई मात्र नभएर  साझेदार र लक्षित लाभार्थीको रूपमा स्थान पक्का राख्ने संयन्त्र समावेश गर्नुपर्नेमा जोड दिए । 

महामन्त्री थापाले ‘नेपाल खुद शून्य उत्सर्जनको दीर्घकालीन रणनीति’ बमोजिम नेपालले ऊर्जा, कृषि र वन क्षेत्रका सुधारहरूमा ध्यान केन्द्रित गर्दै आएको पनि सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ५७ बजे

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ– जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई