सागको ‘सकस’– खेल भवनमा दुई संघको दाबी, बाहिर प्रशिक्षण गर्दै खेलाडी | Khabarhub Khabarhub

सागको ‘सकस’– खेल भवनमा दुई संघको दाबी, बाहिर प्रशिक्षण गर्दै खेलाडी



काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेल खेलाउनका लागि आवश्यक खेल स्थल निर्माणलाई तिब्रता दिइरहेको छ ।

सागको मुख्य आयोजना स्थल त्रिपुेश्वरस्थित दशरथ रंगशाला परिसर र सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सागलाई लक्षित गरी भौतिक संरचनाको निर्माण भइरहेको छ ।

काठमाडौंमा निर्माण भएका अधिकांश संरचना चिनियाँ कम्पनीले बनाएको हो । जसमध्ये केही निर्माण सम्पन्न भएर पनि राखेपलाई हस्तान्तरण भएको छैन ।

भवन राखेपलाई हस्तान्तरण नभएपनि भवनका विषयमा भने विवाद शुरु भइसकेको छ । सातदोबाटोमा बनाइएको सुटिङ कम्प्लेक्सका लागि अहिले सुटिङ र बक्सिङ संघबीच विवाद शुरु भएको छ ।

उक्त नयाँ भवनको स्वामित्व र खेल अभ्यास र प्रतियोगिता कुन संघले गर्ने भन्ने विवाद शुरु भएको हो । सुटिङ संघले उक्त नव निर्मित भवनलाई सुटिङ कम्प्लेक्स भएको दाबी गरिरहेको छ भने बक्सिङ संघले पनि उक्त भवनमा आफ्नो दाबेदारी पेश गरेको छ ।

‘उहाँहरुले सुटिङ रेञ्ज भनिरहनु भएको छ । तर, हामीले त्यो हल पाउनु पर्ने बताउँदै आएका छौं,’ बक्सिङका प्रशिक्षक दिपक महर्जनले भने,‘त्यहाँ जस्ताको छानो राखेको एक हल थियो । त्यहिँ ठाउँमा बक्सिङले पहिले देखि नै अभ्यास गर्दै आइरहेका थियौं । अहिले पनि त्यो भित्र हाम्रो बक्सिङ रिङ छ । अहिले हामीलाई निकाल्न खोजिँदै छ । तर, हामी त्यो मान्दौनौं ।’

सागको अभ्यासका लागि बक्सिङको पहिलो रोजाइको टोली थाइल्यान्डमा रहेपनि दोस्रो रोजाईको टिम सातदोबाटोमै अभ्यास गरिरहेको छ ।

खेलाडी र प्रशिक्षक निर्माण कम्पनीले राखेपलाई उक्त भवन हस्तान्तरण गर्ने दिन कुरेर बसिरहँदा दुई संघ भने भवनको प्रयोग कसले गर्ने भन्ने विषयमा विवादमै उत्रिएका छन् ।

सुटिङ संघका सचिव तथा सुटिङका पूर्व प्रशिक्षक प्रदिप खाती नयाँ भवन छोड्ने पक्षमा आफूहरु नरहेको बताउँछन् ।

‘त्यो सुटिङ कम्प्लेक्स हो । त्यहाँ सुटिङ बाहेक अन्य खेललाई प्रवेश दिँदैनौं,’ सचिव खातीले भने,‘जग्गा नै सुटिङ संघका नाममा रहेका कारण पनि त्यो भवन सुटिङकै हो ।’

‘त्यो भवनभित्र १० मिटर, २५ मिटर र ५० मिटरको सुटिङ रेञ्ज थियो । अहिले पनि छ र त्यहाँ रहेको २५ र ५० मिटरबीचको दुरीमा बक्सिङले रिङ बनायो । तर, अब साग जस्तो अन्तर्राष्ट्रिय स्तरको खेल हुँदैछ । त्यसका लागि हामीले बक्सिङलाई त्यो ठाउँ खालि गर्न भनेका छौं,’ खातीले भने ।

सुटिङका सचिव खातीले हलभित्र सुटिङ रेञ्जको निर्माण भइसकेको बताए पनि बक्सिङका प्रशिक्षक महर्जन भने हलमा कुनै पनि किसिमका संरचना नबनेको दाबी गरे ।

सुटिङ र बक्सिङ संघ एक आसपमा लड्न सुरु गरेपछि यसको टाउको दुखाइ अब राखेपमा सर्ने भएको छ । अब नवनिर्मित भवन कुन संघलाई दिने भन्ने निर्णय खेलकुदको नियामक निकाय राखेपले गर्नु पर्छ ।

दुवै संघले राखेपमा नयाँ भवन आफ्नो पार्नका लागि पहल गरिरहेका छन् । बक्सिङ प्रशिक्षक महर्जन र सुटिङका सचिव खातीले राखेप सदस्य सचिव रमेश कुमार सिलवालसमक्ष भवनको विषयमा कुरा राखिसकेको बताएका छन् ।

तर, राखेप भने भवन हस्तान्तरण नै नभएका कारण कसलाई दिने भन्ने निर्णय गर्न नमिल्ने तर्क गरिरहेको छ ।

‘अहिले त त्यो चिनियाँ कम्पनिले हस्तान्तरण नै गरिसकेको छैन’ राखेप उपाध्यक्ष तिम्सिनाले खबरहबसँग भने,‘पहिला त्यो राखेपको जिम्मामा आउनु पर्यौ त्यसपछि कसलाई दिने भन्ने निर्णय हुन्छ ।’

नयाँ भवनको अगाडि दुबै खेलको अभ्यास

दुर्भाग्य यी दुवै खेलको अभ्यास भने यतिबेला त्यही भवनको अगाडिको खुल्ला स्थानमा भइरहेको छ ।

सागका लागि अभ्यासमा रहेका सुटिङका खेलाडीले हप्तामा ४ दिन त्यहाँ अभ्यास गर्छ भने बक्सिङको ‘बि’ समूहका खेलाडी सुटिङ कम्प्लेक्स बाहिरको खुल्ला ठाउँमा अभ्यास गर्ने गरेका छन् । दुबै संघले उक्त भवन भित्र पस्ने साइतको खोजी गरिरहेका छन् ।

काठमाडौंमा आयोजना हुने सागमा यी दुई खेललाई स्वर्ण पदक दिलाउन सक्ने खेलका रुपमा हेरिएपनि अभ्यास गर्ने ठाउँ नै नपाएर खेलाडीहरुले खुलेर अभ्यास गर्न सकिरहेका छैनन् । यस्तोमा भवनका विषयमा समेत विवाद उत्पन्न हुन थालेपछि खेलाडीमा निराशा थपिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : ०६ बजे

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास