आजका समाचार : रविका अर्का साझेदार पक्राउ, सरकारको सय दिन सन्तोषजनक, काटियो ३४ उद्योगको बिद्युत् | Khabarhub Khabarhub

आजका समाचार : रविका अर्का साझेदार पक्राउ, सरकारको सय दिन सन्तोषजनक, काटियो ३४ उद्योगको बिद्युत्


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

सत्ता साझेदार सात दलको निष्कर्ष : सरकारको सय दिन सन्तोषजनक

सत्ता साझेदार दलहरूले संयुक्त सरकार गठनको सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सार्वजनिक कामका प्रगतिको स्वागत गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको साझेदार दलहरूको संयुक्त बैठकले सरकारले सय दिनको अवधिमा सम्पन्न भएका र थालनी गरेका कामहरूको स्वागत गरेको हो ।

सरकारले पाँचथर बम विष्फोटमा मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग दिने

रवि प्रकरणमा सत्तारूढ दलको एकैस्वर : भिडले अनुसन्धान प्रभावित गर्न खोज्नु आपत्तिजनक

सत्तारुढ सात दलले राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्ला दिनमा गरिरहेको आन्दोलनप्रति गम्भी आपत्ति जनाएका छन् ।

शुक्रबार एक संयुक्त वक्तव्य जारी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेसहितका सात दलले रास्वपा सभापति रवि लामिछाने पक्राउ परिसकेपछिको अवस्थालाई लिएर आपत्ति जनाएका हुन् ।

कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप

काठमाडौं- नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप गरिएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य अनिलकुमार रुंगटा प्रमुख रहेको विभाग सदस्यमा आज १० सदस्य मनोनयन गरेका हुन् ।

दैनिक जीवनसँग जोड्ने प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छ : मन्त्री भट्टराई

 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञानलाई दैनिक जीवनसँग जोड्ने गरी विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

नेपाल मटेरियल्स साइन्स सोसाइटीद्वारा आज ललितपुरमा आयोजित ‘इन्टरनेशनल कन्फ्रेन्स अन एड्भान्स फङसनल मटेरियल्स’ सम्मेलनमा मन्त्री भट्टराईले विज्ञान र प्रविधिको विकास गर्दा विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउँदै समाज रूपान्तरण गर्दै जानुपर्ने बताइन् ।

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली एकता मंचले बाढीपहिरो पीडितका लागि आठ लाख रुपैयाँ सहयोग गरेको छ । मंचले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

मंचका सहइञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचीव नगेन्द्र ढकाल लगायतको प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेट गरी चेक हस्तान्तरण गरेको हो ।

उपनिर्वाचन : वडाध्यक्षका उम्मेदवारले तीन लाखसम्म, मेयरका उम्मेदवारले साढे सात लाखसम्म खर्च गर्न पाउने

निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेद्‍वारको खर्चको हद निर्धारण गरेको छ ।

स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदहरूमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम उम्मेद्‍वारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेद्‍वारले खर्च गर्न पाउने रकमको हद तोक्ने निर्णय गरको आयोगले जनाएको छ।

‘तिहार फ्लोरा एक्स्पो २०८१’ भृकुटीमण्डपमा सुरु

‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा सुरु भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ । करिब ३५ हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको मेलामा रु ७० लाखको फूल एवं नर्सरी सामानको बिक्री वितरण हुने जनाइएको छ ।

मेलाको उद्घाटन गर्दै वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सामुदायिक वनभित्रका बाँझो जग्गा नर्सरीका लागि दिने गरी आगामी नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाए । पुष्प व्यवसाय प्रवर्द्धनका लागि बजेटको व्यवस्था गरिने समेत उनको वाचा थियो ।

माइतीघरमा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन अब काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरु भएको छ । पोखरामा करिब सातासम्मको प्रदर्शन नतिजामुखी नभएपछि रास्वपा काठमाडौंकेन्द्रित भएको हो ।

जिल्ला अदालत कास्कीले ठगी आरोपमा समातिएका पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अझै एक साता हिरासतमा राख्न अनुमति दिएसँगै पोखराको आन्दोलन तितरबितर भएको हो ।

रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी

गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ?

सूर्यदर्शन सहकारी प्रकरण : जीबी र रविका अर्का साझेदार रामबहादुर खनाल पक्राउ

सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको भानु नगरपालिका–८ बगालेफाँटका ४८ वर्षीय खनाललाई पक्राउ गरेको हो । उनी रवि लामिछाने र छविलाल जोशीसँगै गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयरधनी हुन् ।

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन काटिदिएको छ ।

मुलुक चर्को लोडसेडिङमा रहेका बेला राजनीतिक र प्रशासनिक सेटिङमा चौबिस घण्टासम्म बिजुली खपत गरेका, तर प्रिमियम महसुल पचाउन खोजेका यी उद्योगको लाइन प्राधिकरणले काटिदिएको हो ।

अन्तर्राष्ट्रिय…

ब्रिक्स सम्मेलन : रसियालाई एक्ल्याउने अमेरिकी प्रयासमा अर्को धक्का

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्स सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर आफूलाई एक्ल्याउन प्रयासरत अमेरिकासहितका पश्चिमा मुलुकहरूलाई चुनौती दिएका छन् ।

युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धनको सदस्य राष्ट्र टर्कीलाई ब्रिक्स सम्मेलनमा सहभागी गराएर पुटिनले अमेरिकासहित पश्चिमा मुलुकहरूलाई चुनौती दिन सफल भएका हुन् । सम्मेलनमा सदस्यबाहेक २५ देशबाट राष्ट्रका सरकार र राष्ट्र प्रमुख सहभागी थिए ।

अमेरिकी चुनाव : पछिल्लो सर्वेक्षणमा ट्रम्प बलियो, ह्यारिसलाई झट्का

इजरायली आक्रमणमा तीन पत्रकारको मृत्यु

भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द

पूर्व मोडेल विलियम्सले लगाइन् ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप

जर्मनीका चान्सलर शोल्ज भारत भ्रमणमा

खेलकुद…

सिस्नेरी पहिरोमा ६ किशोर फुटबलरको निधन : परिवारले एन्फाविरुद्ध गुहारे प्रधानमन्त्री

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओली गुहारेका छन् ।

बाढी, पहिरोमा परी निधन भएका ६ फुटबलरका अभिभावकले प्रधानमन्त्री ओलीलाई शुक्रबार भेटेर घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रशिक्षक माउरिन्होले रातो कार्ड पाएको खेलमा फेनरबाकको म्यानचेस्टरसँग बराबरी

रिचार्लिसनको पेनाल्टी गोलमा टोटनहामको जित

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ८ : ४६ बजे

‘नेपाल जलवायुका असरबाट बढी जोखिममा’

काठमाडौं – वातावरण क्षेत्रका विज्ञहरुले नेपाल जलवायु परिवर्तनको असरबाट बढी

नयाँ युगका निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गरौँ : विजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले नयाँ

भन्सार छली गरेर ल्याइएका कपडासहित दुई जना पक्राउ

काठमाडौं – भन्सार छली गरेर खाद्य सामग्री र लत्ताकपडा काठमाडौँ

कृषि क्रान्तिको युग सकियोः अध्यक्ष नेपाल

भक्तपुर – नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

कालिकोटमा राप्रपाको आमसभा सम्पन्न, जसपा नेपालका जिल्ला अध्यक्ष राप्रपामा प्रवेश

कालिकोट– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले परिवर्तनको