पाकिस्तानमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरी अधिकारीको हत्या « Khabarhub

पाकिस्तानमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरी अधिकारीको हत्या


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आतङ्कवादीहरूले मंगलबार पोलियो खोप टोलीको सुरक्षामा खटिएका एक पाकिस्तानी प्रहरीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। मुलुकको रोग विरुद्धको लामो अभियानमा भएको यो पछिल्लो क्षति हो।

‘दुई आतंकवादीले पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । त्यसपछि प्रहरी टोलीले दुई आक्रमणकारी र उनीहरूको स्थानीय सहजकर्तालाई पछ्याउँदै मारे’, खैबर पख्तुनख्वा प्रान्तको ओराकजाई शहरमा भएको आक्रमणबारे वरिष्ठ प्रहरी अधिकारी मलिक सिकन्दर खानले भने ।

अर्का प्रहरी अधिकारी नवीद उल्लाह खानले पनि यी विवरणहरूको पुष्टि गरे ।

‘आक्रमणको समयमा दुई स्वास्थ्यकर्मी घरभित्र थिए र त्यसैले उनीहरू सुरक्षित रहे’, उनले भने ।

ओराकजाई शहर पूर्व आदिवासी सीमावर्ती क्षेत्रको एक भाग हो । यो करिब एक दशकअघि तालिवान आतंकवादीहरूको शरणस्थल थियो र तालिबानलाई पछि सैन्य अभियानले जरैदेखि उखेलेको थियो।

पाकिस्तान र छिमेकी अफगानिस्तान मात्र त्यस्ता मुलुक हुन् जहाँ पोलियोको प्रकोप कायम छ र खोप टोलीहरूमाथि सुरक्षा बलहरू विरुद्ध अभियान चलाइरहेका आतंकवादीहरूले प्रायः आक्रमण गर्ने गर्छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ५ : २५ बजे

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले

स्वास्थ्यले भनिन्-  ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

ग्यास अभावको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल, अब प्रति महिना ५० हजार मेट्रिक टन आयात गर्ने

काठमाडौं– पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने