पोर्चुगलका रुबेन बने म्यानचेस्टर युनाइटेड मुख्य प्रशिक्षक « Khabarhub

पोर्चुगलका रुबेन बने म्यानचेस्टर युनाइटेड मुख्य प्रशिक्षक


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

रुबेन जुन २०२७ सम्मका लागि प्रशिक्षक बनेको म्यानचेस्टर युनाइटेडले आधिकारिक जानकारी दिएको हो । ३९ बर्षिय रुबेन हाल पोर्चुगलको स्पोर्टिंग सिपीका प्रशिक्षक थिए । रुबेनले नोभेम्बर ११ देखि प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने युनाइटेडले जानकरी दिएको छ ।

क्लबको लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर युनाइटेडले गत आइतबार आफ्ना प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो ।

रुबेनलाई भित्र्याउन युनाइटेडले स्पोर्टिंगसँग उनको १० मिलियन युरोको एक्जिट क्लज अनुसारको रकम तिरेको बताइएको छ । २०२० को मार्च देखि स्पोर्टिंगको प्रशिक्षक रहेका रुबेनले स्पोर्टिंगलाई २ सिजन लिग जिताएका छन् भने कुल ५ उपाधि जिताएका छन् ।

रुबेन आफ्नो स्पष्ट खेल खेलाउने तरिकाका लागि पोर्चुगलमा परिचित छन् । उनले उनको कोचिंग क्यारियरमा अहिलेसम्म ३(४(३ फर्म्याटमा खेलाउदै आएका छन् ।

 

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ६ : ३७ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता