काठमाडौं– हातले मुछेर खाने खाना पूर्वीय संस्कृतिको हिस्सा मात्र नभएर वैज्ञानिक पनि रहेको छ । हात फोहर भएको अवस्थामा चम्चाको प्रयोगलाई अस्वाभाविक मान्न सकिँदैन । तर हात सफा गरेर खाना खाँदा त्यसबाट प्रत्यक्ष फाइदा पुग्छ । आयुर्वेदका अनुसार खाना पाँच औँलाको सङ्गमबाट बन्ने मुद्राले स्वास्थ्यलाई फाइदा पुग्छ भने पाचन प्रक्रियालाई पनि यसले फाइदा गर्छ ।
विभिन्न अध्ययन अनुसार हातले खाना खाँदा जुन तृप्ति मिल्दछ त्यो चम्चा वा काँटाले खाँदा मिल्दैन । आयुर्वेदका अनुसार सिधै हातले भोजनको स्वाद लिँदा त्यो बढी पौष्टिक तथा स्वास्थ्यवर्धक हुन्छ ।
भोजनहरू खिचडी, दाल र भात, हलुवा, रोटी जस्ता परिकारहरू खानुको असली आनन्द हातबाटै प्राप्त हुन्छ । हातले खाना खाँदा खानेकुरालाई मुछ्ने र हातसम्म पुराउने प्रक्रियामा ध्यान केन्द्रित गर्नुपर्छ । यसलाई माइण्डफुट सेटिङ पनि भनिन्छ । त्यसैले हातले खानु भनेको चम्चा वा काँटाले खानुभन्दा बढी लाभप्रद छ ।
माइण्डफुट इटिङका अन्य केही फाइदा पनि हुन्छन् । ती मध्ये सबैभन्दा महत्त्वपूर्ण भनेको यस्तो प्रकारको खुवाइले खानामा भएका पोषकतत्वहरु शरीरले सजिलैसँग लिन सक्छ ।
साथै पाचन प्रक्रियामा सन्तुलन आउने र पेटको गडबडी पनि कम हुन्छ । प्राकृतिक विज्ञानका अनुसार हातले खाना खाँदा हामीले थालमा रहेका खानेकुरालाई सही तरिकाबाट मिसाउन पाउँछौँ । यदि चम्चाले खाने हो भने त्यो काम पेटले गर्नुपर्छ ।
पेटले गर्नुपर्ने प्रारम्भिक काम हातले नै गरेपछि पाचन क्रियामा पेटमाथिको दबाब कम हुन्छ र पाचन प्रक्रिया सन्तुलित हुन्छ । कब्जियत, अपच तथा डकार आउने जस्ता समस्या कम हुन्छन् । हातले खाना खाने क्रममा पलेटी कसेर गुन्द्रीमा बसियो भने अझै लाभदायक हुने योगविज्ञानको दाबी छ ।
भोजन ग्रहणका बेला पलेटी कसेर बस्दा सुखासनको मुद्रा बन्दछ ।
यसबाट स्वाद ग्रन्थीहरु सक्रिय हुने र भोजन सही ढंगले पेट सम्म पुग्ने र राम्रोसँग उपापचयन हुन्छ ।
जब चम्चाले खाइन्छ तब हामीलाई थाहा हुँदैन की तरकारी वा खाना काँचो छ वा राम्रोसँग पाकेको छ । चिसो छ वा तातो छ भन्ने थाहा हुँदैन तर तर हातले खाना खाँदा हामीले यो कुरा थाहा पाउन सक्छौँ ।
यसले खानाको प्रकार वा अवस्था अनुसारको पाचन रस उत्सर्जन गर्नका लागि हाम्रो मस्तिष्कले सम्बन्धित ग्रन्थीहरुलाई निर्देशित गर्न पाउँछ । पाचन रस सही ढंगले उत्सर्जन भयो भने खानेकुरा राम्रोसँग पच्दछ र पोषक तत्वपनि शरीरले राम्रोसँग ग्रहण गर्दछ ।
अन्य फाइदाहरु-
आयुर्वेदका अनुसार हातको प्रत्येक औँलामा पाँच तत्त्व रहेको हुन्छ । बुढी औला अन्तरिक्ष सम्बन्धी, चोर औँला हावा सम्बन्धी, माझी औँला आगो सम्बन्धी, साइली औँला पानी र कान्छी औँला पृथ्वीसँग सम्बन्धित छन् ।
जब तपाई हातले भोजन गर्नुहुन्छ त्यतिवेला यी सबै तत्त्व सक्रिय हुन्छन् । र यसले खानालाई सन्तुलित राख्न र स्वस्थ राख्न सहयोग गर्छ ।
काटा र चम्चाको उपयोगले सजिलै र छिटै खान सकिन्छ होला तर यो शरीरमा रक्त प्रवाह असन्तुलित बनाउन पनि सक्छ । अन्तमा तपाईँलाई मधुमेहको जोखिममा पुर्याउन पनि सक्छ ।
यूरोपीय सोसाइटी अफ एन्डोक्रिनोलोजीद्वारा प्रकाशित एक अध्ययन का अनुसार जो मानिस भोजन चाँडो चाँडो खान्छन् उनीहरूलाई दोस्रो प्रकारको मधुमेह को जोखिम रहन्छ ।
चम्चाले खाँदा चाँडो चाँडो खाइन्छ भने हातले खाँदा केही बढी समय लाग्छ । हातले मजाले मुछेर स्वाद लिएर खाने भएका कारण पनि मधुमेहको जोखिम कम हुन जान्छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया